स्यानफ्रान्सिस्को /अमेरिका
अक्टोवर १३
नेपाल वातावरण पत्रकार समूह ( नेफेज ) का पूर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार सहजमान श्रेष्ठलाई मातृशोक परेको छ ।पत्रकार श्रेष्ठकी माता भुवनदेवी श्रेष्ठको आज विहान ८३ बर्षको उमेरमा क्यालिफोर्नियाको एन्जलसमा निधन भएको हो।केही समय अघि खुट्टाको शल्यकृया गरिएको भएपनि उनको अवस्था सामान्य नै रहेको थियो । स्वर्गीय श्रेष्ठका पत्रकार श्रेष्ठ सहित ३ छोरा र १ छोरी छन्। श्रेष्ठको परिवारले नेपालको शैक्षिक एवं सामाजिक क्षेत्रमा ठूलो योगदान गरेको छ ।दुरविन नेपाल दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै वरिष्ठ पत्रकार श्रेष्ठ परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
प्रतिक्रिया लेख्नुहोस्:-