स्यानहोजे क्यालिफोर्निया
अक्टोवर १४
‘रजतपट विश्वयात्रा’को क्रममा अमेरिकामा रहेका ‘रजतपट अंकल’ अर्थात् चर्चित सेलिब्रेटी रंग पत्रकार एवं कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीसंग मदरल्याण्ड नेपाल र एभरेष्ट क्यूजिनले अक्टोवर १६ तारेख सोमवार ‘मिट एण्ड ग्रीट वीथ प्रकाश सुवेदी’ कार्यक्रम गर्ने भएको छ ।
अमेरिकाका विभिन्न राज्यहरुमा कार्यक्रम सम्पन्न गरि पत्रकार सुवेदी सिलोकोन भ्यालीको कार्यक्रमको लागि यतिवेला क्यालिफोर्निया आइपुगेका छन् । सुवेदीको सम्मानमा अमेरिकाका विभिन्न राज्यका प्रमुख शहरहरुमा मिट एण्ड ग्रीट कार्यक्रम गरिएको थियो ।
आउंदो सोमवार सिलीकोन भ्यालीको स्यानहोजेमा हुने कार्यक्रममा सहभागी भई नेपाली ब्यावसायी र अगुवाहरुसंग आफ्नो अनुभव साट्न उत्सुक रहेको पत्रकार सुवेदीले बताए । ‘सिलीकोन भ्यालीमा हुने कार्यक्रमको निकै राम्रो प्रचारप्रसार भएको देखिराखेको छु, सबै साथीभाईहरुको कुरा सुन्न र आफ्नो कुरा सुनाउन निकै प्रतिक्षारत छु’- उनले भने ।
कार्यक्रमको आयोजक एभरेष्ट क्यूजिनका संचालक एवं युवा ब्यावसायी प्रिन्स युवराज कार्कीले प्रकास सुवेदी एक सफल कार्यक्रम प्रस्तोता मात्र नभएर नेपालको चलचित्र उद्योगको विकासमा धेरै योगदान पुर्याएको ब्यक्ति भएकाले उहासंग प्रत्यक्ष भेटेर अनुभव सुन्न र बे एरियामा रहेका सफल नेपाली ब्यासयायीको पनि कथा सुन्न र सुनाउनका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।
‘मान्छेले अनबरत रुपमा संघर्ष जारी राख्यो भने प्रकासदाई जस्तै सफल भइन्छ, समाज र देशको लागि योगदान गर्न सकिन्छ’, कार्कीले भने,- ‘उहाँजस्तै यहाँ रहेका नेपालीहरुको सफलताको कथा सुन्ने र सुनाउनको लागि हामीले मिट एण्ड ग्रीट कार्यक्रमको आयोजना गरेका हौं ‘।
कार्कीले यस्ता कार्यक्रमले नयाँ पुस्तालाई अगाडी बढ्न प्रेरणा पनि मिल्ने दूरविनसंगको कुराकानीमा बताए ।
मुख्य आयोजक मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले नेपालको कला, संस्कृति र नेपाललाई अमेरिकामा चिनाउन विगतमा विभिन्न कार्यक्रमको आयोजना गरेका स्मरण गर्दै मिट एण्ड ग्रीट वीथ प्रकास सुवेदी त्यसैको निरन्तरता भएको बताए ।
सोमवारको कार्यक्रममा बे एरियाका ब्यावसायी, आइटी प्रोफेशनल र अन्य विधामा सफलता हासिल गरेका नेपालीको अलावा सबै नेपालीलाई सहभागी हुन आयोजकले आव्हान गरेका छन् । कार्यक्रमलाई बे एरियामा रहेका विभिन्न ब्यावसायी एवं समाजसेवीहरुले प्रायोजन समेत गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-