काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
उनले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै नवनियुक्त राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रुपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय रहेको उल्लेख गर्दै नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न आफू उत्सुक रहेको जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-