स्यानफ्रान्सिस्को । क्यालिफोर्निया
अक्टोवर २१
बे एरियाका नम्वर वन नेपाली रियलस्टेट व्यावसायी अनिलबाबु अर्याल सिइओ रहको ‘केटीएम इन्भेष्टमेण्ट एलएलसी’ले नेपालीहरुको उल्लेख्य बसोवास रहेको बे एरियाको अल्वनीमा दुईवटा नयाँ स्टोर संचालनमा ल्याएको छ । नेपालीहरुको महान चाड बडादशैंको अवसरमा अल्वनीस्थित ७५९ स्यान पाब्लो एभेन्यूमा केटिएम लिकर्स एण्ड बजार स्टोरको विधिवत शुरुवात आज शनिवार गरियो भने अल्वनीकै स्यानपाब्लो र सोलानोमा रहेको म्याक्स लिकर्स पनि सोही कम्पनीले खरिद गरेको जनाएको छ । केटिएम इन्भेष्टमेण्ट एलएलसीमा अनिलबाबु अर्याल सिइओ, हेमन्त सिटौला सेक्रेटरी र गणेश शर्मा सिएफओ छन् ।
कम्पनीका सिइओ एवं संस्थापक अनिलबाबु अर्यालका अनुसार सो स्टोरमा १५ लाख भन्दा बढी लगानी छ । कम्पनीले बे एरियामा बढ्दै गएको नेपालीहरुको बस्ती र आवश्यकतालाई सहज र सुलभ रुपमा परिपूर्ति गर्नको लागि स्टोर संचालनमा ल्याइएको बताएको छ । ‘ग्राहकलाई चाहिने सबै प्रकारका सामानहरु ग्रोसरी, खाद्यान्न र विभिन्न प्रकारका लिकर्सहरु एकै स्थानमा उपलब्ध गराउन तथा सुलभ रुपमा ब्यवस्था मिलाउन हामी प्रयत्नशील रहने छौं’,-‘अर्यालले भने, ‘नेपाली कम्यूनिटीको आवश्यकतालाई पुरा गर्न हामी तयार छौं’। विगत केही बर्षयता, अल्वनी, एल सिरेटो, रिचमण्ड, स्यानपाब्लो लगायतका स्थानहरुमा नेपालीहरुको घनत्व बढिरहेको छ भने नेपालीहरुको स्टोर, रेष्टेरेण्ट तथा अन्य मार्टहरु थपिदै गएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-