Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भोटेकोशीको आकर्षण बञ्जी, क्यानोनिङ र -याफ्टिङ

कार्तिक १४, २०७५ ३:३१ मा प्रकाशित
भोटेकोशीको आकर्षण बञ्जी, क्यानोनिङ र -याफ्टिङ
Share on FacebookShare on Twitter

पाङ्लाङ, १४ कात्तिक / सिन्धुपाल्चोक जिल्लास्थित अत्यन्त साँघुरो गल्छी भएको भोटेकोशी नदीले आन्तरिक तथा विदेशी पर्यटकलाई बञ्जी( (पुलबाट डोरीको सहायताले हाम्फाल्ने काम) र -याफ्टिङ(जलयात्रा) जस्ता साहसिक खेलमार्फत आकर्षित गरिरहेको छ ।

विसं २०७२ को भूकम्प अगाडि राम्ररी चलिरहेका ती खेल भूकम्प पछाडि सम्पूर्ण पर्यटन क्षेत्रमै आएको मन्दीसँंगै ह्रास आए पनि हाल आएर विस्तारै पुनर्जीवित हुन थालेका छन् ।
भोटेकोशी गाउँपालिका–१, पाङ्लाङस्थित द लास्ट रिसोर्टका महाप्रबन्धक भुवन शर्माले बञ्जी, ¥याफ्टिङजस्ता साहसिक खेलमा युवाको आकर्षण बढ्दै गए पनि भूकम्पपछि यसको व्यवसाय खस्केको र बाटोघाटोको अवस्था अझै पनि राम्रो हुन नसकेको बताउनुभयो । उहाँका अनुसार भूकम्प अगाडि ¥याफ्टिङ तथा बञ्जीमा ७० प्रतिशत विदेशी पर्यटक र ३० प्रतिशत नेपाली आउने गरेकामा भूकम्पपछि भने सो अनुपात उल्टो भई ७० प्रतिशत नेपाली र ३० प्रतिशत विदेशी हुने गरेको छ । “भूकम्पपछि देशको समग्र पर्यटन क्षेत्रमा परेको प्रभावसँंगै यहाँ पनि असर परेको छ”,उहाँले भन्नुभयो । ‘नेपालको पर्यटन केही महँगो भएकाले’ विदेशी पर्यटक अन्य देशका सस्ता गन्तव्यमा जाने गरेको बताउँदै उहाँले नेपाली युवा आन्तरिक पर्यटक भने यस क्षेत्रमा बढ्दै गएको जानकारी दिनुभयो ।

यस क्षेत्रमा साहसिक खेल बञ्जी, ¥याफ्टिङ, रक क्लाइम्बिङ, क्यानोनिङ ( छाँगावरोहण), एब्सेलिङ (अवरोहण) आदि गराइन्छ । भोटेकोशी गाउँपालिकाको प्याङ्थली र पाङ्लाङबीच भोटेकोशीको साँघुरो गल्छीमा बनेको पुलबाट बञ्जी जम्प तथा भोटेकोशीमै ¥याफ्टिङ पनि गराइन्छ । द लास्ट रिसोर्टका महाप्रबन्धक शर्माले सन् १९९९ मा न्यूजिल्याण्डका नागरिक डेभिड एल्लरडाइसले धेरै वर्ष भोटेकोशीमा ¥याफ्टिङ गर्ने सिलसिलामा यसको परिकल्पना गरी नेपाली पर्यटन व्यवसायी विष्णु न्यौपानेसहितले बञ्जी पुलको निर्माण गरेको बताउनुभयो । एल्लरडाइसको सन् २०१३ मा निधन भैसकेको छ । उहाँको निधनपछि उहाँकी पत्नी लुइसले यसको सञ्चालन गर्दै आउनुभएको छ । द लास्ट रिसोर्ट पनि पाङ्लाङमा डेभिडले नै स्थापना गर्नुभएको हो । क्यानोनिङ भने डेभिडका मित्र अष्ट्रियाका एलेक्स शुटरले नेपालमा शुरु गर्नुभएको हो ।
भोटेकोशी पुलबाट डरलाग्दो भोटेकोशीको गल्छीमा डोरीको सहायताले हाम्फाल्न नेपाली युवा निकै आकर्षित हुँदै गएका छन् । यसलाई साहस प्रदर्शन गर्ने अवसरका रुपमा उनीहरु लिन्छन् । तिनले पुलबाट हाम्फालिसकेपछि जीवनमै ठूलो साहस प्रदर्शन गरेको उपलब्धिका रुपमा लिने गरेका छन् । भोटेकोशीको बञ्जी एशियाकै सबैभन्दा अग्लो ठाउँबाट गरिने बञ्जी भएको जिकिर गरिएको छ ।
बञ्जी जम्पमा मुख्य याममा अधिकतम ८०÷९० र अन्य दिनमा ५०÷६० जनाले भाग लिने गरेको बन्जी तथा क्यानोनिङका गाइड रामकुमार कार्कीले बताउनुभयो । मङ्गलबार बञ्जी जम्प गर्ने अधिकांश पत्रकारले शुरुमा डर लाग्ने तर तीन चार सेकेण्डपछि नै सो डर आनन्दमा परिणत हुने अनुभव सुनाए । उच्च रक्तचापको समस्या भएका, ठूलो रोग वा घाउचोट भएका, गर्भवती तथा चिकित्सकको निगरानीमा रहेका मानिसले भने बञ्जी जम्प गर्न नहुने जनाइएको छ ।
खुट्टामा बञ्जीको डोरी बाँधी ‘हार्नेस’ लगाएर हाम्फाल्न लगाइन्छ भने पछि डोरीकै सहायताले तल खोला छेउ पुगेको मानिस माथि आउँछ । भूकम्प अगाडि भने माथि आउने प्रविधि नभएकाले खोला किनारमा अवतरण गरेर १५÷२० मिनेटको उकालो चढी माथि आउनुपर्ने बाध्यता थियो । भूइँचालाले बाटो बिग्रेकाले माथि उक्लन डोरीबाट माथि तानिने नयाँ प्रविधि भित्र्याइएको छ ।

यहाँ गराइने अरु साहसिक खेल रक क्लाइम्बिङ(चट्टान आरोहण), एब्सेलिङ(रुख चढेर झर्ने काम ) र क्यानोनिङ छन् । यहाँ सानो भीरको चटृान चढ्ने आधारभूत अभ्यास पनि गराइन्छ । यसमा डोरीको सहायतामा झुण्डिएर सानो पहरामा चढाइन्छ ।
यहाँको अर्को मुख्य आकर्षण क्यानोनिङ रहेको छ । पाङ्लाङस्थित पाङ्लाङ खोलाका आठ छहरामा कूल १५७ मिटरमा क्यानोनिङ (छाँगावरोहण) गराइन्छ । यसअन्तर्गत डोरी कम्मरमा बाँधेर त्यसकै सहायताले डोरी अलिअलि छाड्दै डरलाग्दा छाँगा र छहराबाट तल झरिन्छ । झर्ने क्रममा छाँगाको पानीले पूरै भिज्ने तथा छाँगाको पानीको बहावले शरीरमा हान्ने गर्छ । यसबाट छाँगावरोहणकर्तालाई साहस प्रदर्शन गर्दै छाँगासंँग खेल्दै तल तल झर्ने क्रममा आनन्द मिल्छ ।
ती छहरामध्ये सबैभन्दा अग्लो छाँगो ४५ मिटरको रहेको छ । क्यानोनिङका लागि विशेष प्रकारको क्यानोनिङ सुट लगाउनुपर्छ जुन बाक्लो र शरीरमा कसिलो गरी टाँसिएको हुन्छ । क्यानोनिङको समाप्ति भोटेकोशी नदी नजीकै हुन्छ भने झर्ने काम सकेपछि त्यहाँबाट उकालो हिँडेर आउनुपर्ने हुन्छ । क्यानोनिङका लागि भने १०÷१५ जनाको समूहलाई करीब दुई घण्टाभन्दा बढी समय लाग्छ । धेरै छाँगा भएकाले यसमा आफ्नो सीप प्रदर्शन गर्दै फरक फरक छाँगाको विविध अनुभव र आनन्द लिने अवसर मिल्छ । टोलीमा सम्मिलित अधिकांश पत्रकारले क्यानोनिङको आनन्द लिएका थिए ।

यस्तै अर्को साहसिक खेल एब्सेलिङ हो । गाउँमा रुखबाट घाँस झार्न बानी परेका युवालाई खासै नौलो नभए पनि शहरी बासिन्दालाई भने भ¥याङ (ज्याकोब्स ल्याडर) बाट रुख चढेको आनन्द लिई रुखमा बनेको मञ्चबाट पुनः डोरीको सहायताले अर्कातर्फ सुरेली खेल्दै झर्नु नै एब्सेलिङ हो । यसका लागि यहाँ रुखमा करीब २१ मिटर चढी करीब २४ मिटर तल झर्ने गरी बनाइएको छ ।

रिसोर्टका महाप्रवन्धक शर्मा यी सबै साहसिक खेललाई व्यवस्थापकीय सीपसित जोड्नुहुन्छ । व्यवस्थापनको टिम विल्डिङसंँगै जोडी कुनै
पनि कुरामा जोखिम मोल्ने र व्यावसायिक सफलता प्राप्त गर्ने कुरामा यस्ता खेलले सहयोग गर्ने उहाँ बताउनुहु्न्छ । यी खेलमा डर मिसिएको हुन्छ तर साथीभाइको प्रोत्साहन र करकापले भाग लिने र आनन्द लिने अवसर मिल्छ ।

यहाँ बञ्जी गर्न चाहने नेपाली पर्यटकले रु छ हजार ३०० र विदेशीले १०८ डलर तिर्नुपर्ने हुन्छ । क्यानोनिङमा भने नेपालीलाई रु चार हजार २०० र विदेशीलाई ६० डलर शुल्क लाग्छ । महाप्रबन्धक शर्माले आन्तरिक पर्यटकका लागि बञ्जी तथा क्यानोनिङलगायत गराउने गरी रु १२ हजारको प्याकेजमा दुईदिनको सेवा दिइने बताउनुभयो । रिसोर्टमा एक पटकमा ४४ जनासम्म बस्न सक्छन् ।

पाङलाङमा डेभिडले स्थापना गरेको रिसोर्टमा ५६ र काठमाडौँ कार्यालयमा १२ जनाले रोजगारी पाएका छन् । यहाँका कामदार अधिकांश स्थानीयवासी छन् ।
सहजकर्ता नविला बानुले आपसी एकता र सहयोगले काम गर्न सहज हुने बताउनुभयो । सञ्चारकर्मी तथा पर्यटन अभियानकर्मी विष्णुकान्त घिमिरेले भूकम्प पछाडिको अवस्थामा यस क्षेत्रको पर्यटन प्रवद्र्घनका लागि प्रचारप्रसारको आवश्यकता रहेको बताउनुभयो । पत्रकारलाई रामकुमार कार्की, विश्व बजगार्इं, भोला श्रेष्ठ, रमेश कार्कीलगायत गाइडले क्यानोनिङलगायतमा सहयोग गर्नुभएको थियो ।
महाप्रबन्धक शर्माले भूकम्पपछाडि भत्किएका सडकमा सुधार हुन नसकेको र तातोपानी नाका नखुलेकाले बाधा परिरहेकामा सो सुधार भई नाका खुला र सरकारबाट सडक तथा अन्य पूर्वाधारका लागि काम हुन सके यहाँको पर्यटन गतिविधि निकै बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result