काठमाडौं । मंगलबार उच्च अंकले घटेको नेप्से बुधबार भने २०.६७ अंकले बढेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये म्युचुअल फन्डबाहेक सबै समूहको सूचक बढेका छन्। होटेल तथा पर्यटन समूहको सूचक ३.४९ प्रतिशतले बढेको छ भने जलविद्युत् समूहको सूचक २.३६ प्रतिशतले बढेको छ।
आज ४२ लाख १३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब आठ करोड ७० लााख रुपैयाँको कारोबार भएको छ।
यस दिन सर्वाधिक कारोबार गर्ने कम्पनीमा सोनापुर मिनिरल्स एन्ड आयल छ।
प्रतिक्रिया लेख्नुहोस्:-