स्यानफ्रान्सिस्को क्यालिफोर्निया
डिसेम्वर १
नेपालको राप्ती क्षेत्रवाट अमेरिका आइ बसोवास गर्ने नेपालीहरुको साझा संस्था ‘राप्ती समाज अमेरिका’ले जाजरकोटका भुकम्प पीडितहरुको सहगोगार्थ एकतीस लाख भन्दा बढी रकम संकलन गरी सवन्धित सरकारी निकायको बैक खातामा दाखिला गरेको छ । अमेरिकामा नेपालीको संस्थाले संकलन गरि प्रत्यक्ष रुपमा सरकारी निकायलाई बुझाएको यो ठूलो रकम हो । राप्ती समाज अमेरिका गत सेप्टेम्वर महिनामा मात्र स्थापना गरिएको हो ।
राप्ती समाज अमेरिकाका अध्यक्ष सुरेश हमालले भौतिक रुपमा सहभागी भएर पीडितहरुको उद्धार गर्न नसकेपनि केही भएपनि आर्थिक सहयाृग जुटाउन सफल भएकोमा खुशी ब्यक्त गर्दै सहयोगीहरुप्रति आभार प्रकट गरेका छन् । उनले भनेका छन-“गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रदाञ्जली । भूकम्पमा परी घाइते भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । साथै, विनासकारी भूकम्पका कारण परिवारका सदस्य तथा धन सम्पती गुमाउने सम्पूर्णप्रति गहिरो सहानुभुती प्रकट गर्दछौं । भूकम्पका कारण क्षेती व्यहोरेका परिवारका लागि थोरै भएपनि राहत होस् भनेर यहाँ अमेरिका स्थित टेक्सास र क्यालिफोर्नियामा बस्ने ९राप्ती समाज अमेरीका र रुकुम समाज टेक्सास ० मार्फत हामी तपशिल बमोजिमका व्यक्तिहरुले केही रकम जम्मा गरेका थियौं । भौतिक रुपमा उपस्थित भएर भूकम्म्प प्रभावित सित सहकार्य गर्न नसकिए पनि दुस्खमा थोरै मलम लगाउने प्रयास हाम्रो हो । यहाँ संकलित ३१ लाख ६० हजार ८ सय ७३नेपाली नगद रुपैयाँ जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितको राहत र पुनस्थापनाका लागि भनेर सम्बन्धित स्थानीय तहको विपद कोष खातामा जम्मा गरेका छौं “।
राप्ती समाजका अनुसार संकलीत रकममध्ये रुकुम पश्चिम आठबीसकोट नपा रु १५ लाख ८सय ७३, रुकुम पश्चिम सानीभेरी गाउँपालिका रु ५ लाख, रुकुम पश्चिम बाँफिकोट गाउँपालिका रु ४ लाख, जाजरकोट नलगाड नपा रु ३ लाख ८० हजार र जाजरकोट भेरी नपा रु ३ लाख ८० हजार दाखिला गरेको छ । सो रकम अमेरिकामा रहेका २२१ जनावाट संकलन गरिएको समाजका अध्यक्ष हमालले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-