मनको कुरालाई कलम लेख्छ खरर
स्वदेश सम्झदा छात्ती हुन्छ चरर
किन हो मान्छे अधर्मी बनी भ्रष्ट भै गनाए
स्वर्ग झै देशलाई विगारी आज बर्वादै बनाए
युवाको लहर वेग हानी उड्यो प्रवास ,खाडीमा
बुढा र बुढी मुल ढोका कुर्दै भत्केको पालीमा ॥
राम हेर्यो उस्तै श्याम हेर्यो उस्तै दैवको भरोषा
खेतबारी सारा बॅाझै छन् बरै बॅाझै छ करेसा
जातको नाममा थापेर दाउ काल नै पल्काए
भुषमा आगो लगाई भित्र बस्तीमा सल्काए॥
दश थरी पाटी कोरिरबाटी मानवता मारियो
सानो र ठुलो लडाई गर्दा संस्कार नासियो
हत्या र हिंसा घट्ला कि भन्दा चर्किंदै गाकोछ
बच्चा र बृद्ध कोही छैन बॅाकी बलात्कार भाको छ
स्वास्थ्य र शिक्षा तुईनको यात्रा रोकिने माझमा
रोजगारी छैन भोको पेट लिई कहॅाजानु साॅझमा
खेती र पाती भीरको कुनो उद्योग कहीं छैन
इमान जमान सकिए सारा बोलीको सही छैन
मनको कुरालाई कलम लेख्छ खरर
स्वदेश सम्झदा छात्ती हुन्छ चरर
प्रतिक्रिया लेख्नुहोस्:-