Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मंसिर २१, २०७९ १:१२ मा प्रकाशित
Share on FacebookShare on Twitter

शीर्षक ‘कविता‘

गीता बजगाई अधिकारी

साधनाद्वारा
साध्य प्राप्त गरिएका
कॅाचो सुनझैँ खारिएर
नम्बरी सुनको नाम पाएका
संसारभरि
विलक्ष्ण प्रतिभाका
धनी भनी छाएका
अनेकन कविहरूका
अन्तष्करणको
भावानुभूतिको
प्रष्फुटन हो कविता !

हिमालको
हिॅउॅझैँ पग्लन सक्ने
धर्तीको छात्ती च्यातेर
पानीको
मूलझैँ बहन सक्ने
समुद्रको
गहिराइ छिचोलेर
निकालिएको मोतीझैँ
झल्कन सक्ने
आकाशजस्तै
अनन्त व्याप्त
अनि
प्रत्येक व्यक्तिको
दुख
र सुखमा
सॅगैसॅगै
धड्कन सक्ने
हृदयको स्पन्दन
हो कविता !

गहन शब्दावलीहरूले
कसिएर बढेको
थोरै शब्दावलीभित्रै
अत्यधिक सूचना
प्रसारित गर्दै
शिखरमा चढेको
गहनतम अध्ययनद्वारा
ओजस्वी
वा
तिलस्मी
बनेका व्यक्तिहरूको
व्यञ्जनायुक्त
ध्वन्यात्मक
अभिव्यक्ति हो
कविता !

रविले नभेटेको
नटेकेको
करङ्गभित्रको
कुनोलाई छिचेलेर
भूत
वर्तमान
र भविष्यको
स्पष्ट आकलन गर्न सक्ने
कथा
र व्यथाहरू
उजागर भएको
लेख्य साहित्य अन्तर्गत पर्ने
उत्कृष्ठ विधाहरूमध्येको
सर्वेत्कृष्ठ साहित्यिक
विधा हो कविता !

हो
यसको बाटो
अरूको भन्दा थोरै
पृथक छ
तर
कविता विश्व विख्यात छ
कविता
र कवि
वास्तवमै यस्तै हुनुपर्छ
कठोरमा पत्थर
नरममा नौनी
रोमाञ्चमा कामिनी
वर्णनमा कालीदास
स्वच्छन्दतामा
लक्ष्मीप्रसाद
परिष्कारमा
लेखनाथ
प्रसिद्धिमा
विलियम सेक्सपियर
विलियम वर्डस्वर्थ
माया एञ्जलु
आदि इत्यादि

कविता
कथा होइन
यसमा कथाको झैँ रोइलो
पाच्य हॅुदैन
कथानकभित्रको चुरो
कविताले बोल्छ
यसमा
बक्रोक्ति ध्वनि
गुञ्जायनान हुन्छ
साँच्चै
ध्वन्यात्मक कविता
लेखाइमा सरल
भावमा प्रचुर
र
शब्दचयनमा
गम्भीर भएर
विरचित हुन्छ
त्यसैले त
कविता
कोइलाको
रापमा उम्रन्छ
पहराको
कन्दरा फुल्छ
मरूभूमिको
बालुवामा फल्छ
रसातल
पातलको लेदोमा पनि उम्लन्छ
हेर्नुहोस् त
त्यसैले होला
मेरो
प्रिय चाह
कविता१
दुखमा ॲाटले बॅाच्छ
सुखमा छॅाटले नाच्छ
म
र मभित्रको
कवित्व उच्छाल !!

 

सम्बन्धित समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?
Breaking News

अमेरिकाका लागि राजदूतमा सिफारिस भएका पूर्व सचिव घिमिरे को हुन्?

सबैको सुखसागर
आप्रबास मामिला

सत्यमेव जयते 

सबैको सुखसागर
आप्रबास मामिला

कविता

सबैको सुखसागर
अमेरिका समाचार

मानवको पुकार

सबैको सुखसागर
प्रवास

सबैको सुखसागर

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result