Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डुङ्गा पल्टिँदा स्पेनमा १२ आप्रवासीको मृत्यु,  आगलागी हुँदा अल्जेरियाली तटमा २० जना बेपत्ता

पुस ६, २०७५ १२:२४ मा प्रकाशित
Share on FacebookShare on Twitter

मड्रिड, ५ पुस । स्पेनको दक्षिणी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ ।  दुर्घटनाका कारण अरु १२ जना बेपत्ता भएको स्पेनका तटरक्षक र रेडक्रसका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।  दुर्घटनामा परेको डुङ्गाबाट झण्डै तीस जनालाई जिवितै उद्धार गरिएको छ । उद्धारका लागि दुई दिन सम्म खोजी कार्य चलाइएको थियो ।

“दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना जिवितै भेटिएका छन्, जिवित मध्ये चार जना महिला र २९ जना पुरुष रहेका छन्,” एक उद्धारकर्मीले भने । दुर्घटनामा परेकाहरु आप्रवासी भएको बताएको छ । उनीहरु अफ्रिकाबाट स्पेनको अल्मेरिया बन्दरगाहमा आउदै थिए ।  मृत्यु भएका मध्ये दश जना पुरुष र दुई जना महिला रहेका छन् । महिला मध्ये एक जना गर्भबती रहेको जनाइएको छ ।

यस्तै  अल्जेरियाली तटमा शुक्रबार एउटा डुङ्गामा आगलागी हुदाँ २० आप्रवासी बेपत्ता भएका छन् ।  सुरक्षा श्रोतलाई उद्धृत गर्दै अल्जेरियाको राष्ट्रिय समाचार संस्था (एपीएस) ले जनाएअनुसार डुङ्गामा २९ आप्रवासी यात्रु थिए ।  घटनापछि तत्कालै उद्धारमा जुटेका स्थानीय, तालिमप्राप्त गोताखोर र सुरक्षाकर्मीले घटनास्थलबाट नौ जनालाई उद्धार गरेको समाचारमा जनाइएको छ । ती मध्ये दुई जना बालबालिका रहेका छन् ।  उद्धारगरिएकाहरु मध्ये केहीलाई आगोले डडाएकोले सामान्य घाइते लागेको अधिकारीहरुले बताएका छन् ।

“उद्धारगरिएकाहरुको अवस्था स्थिर रहेको छ,” पश्चिमी अल्जेरियाको एउटा अस्पतालका निर्देशक मोहम्मद सायबले भन्नुभयो । उद्धार गरिएकाहरुलाई त्यही अस्पतालमा लगेर उपचार गराइएको छ ।

समाचारमा जनाइएअनुसार डुङ्गामा रहेका सवै जना अल्जेरियाका हुन् । आगलागी भएपछि यात्रुहरू उफ्रिएर भागेका थिए । आगो के कारणले लाग्यो भन्ने अहिले सम्म एकीन हुन सकेको छैन ।

(रासस÷एएफपी)

सम्बन्धित समाचार

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result