काठमाण्डौं, पुस ५ / सुदुरपश्चिमका रवी अाेद बहुचर्चित सांगीतिक फ्रेन्चाइज शो ‘नेपाल आइडल सिजन-२’ को विजेता बनेका छन् । रवीले २२ लाख र गाेल्डेन माइक पाएका छन् । पुल्चोक इन्जीनियरिंग कलेजको मैदानमा भर्खरै सम्पन्न ग्राण्ड फिनालेमा रवीलाइ विजेता घाेषणा गरिएकाे हाे ।
अाइडलमा फष्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखकाे चेक पाए । सेकेण्ड रनर अप सुमित पाठक भए । सुमितले १५ लाख बराबरकाे चेक पाए । थर्ड रनरअप अस्मिता अधिकारी भइन । उनले हाेण्डाकाे स्कुटर पाएकी छिन ।







प्रतिक्रिया लेख्नुहोस्:-