स्यानफ्रान्सिको
खरिद प्रकृयामा रहेको नेपाली सामुदायिक भवनको सहयोगार्थ निर्माण “नेपाली जनसम्पर्क समिति अमेरिका नर्दन क्यालिफोर्निया”च्याप्टरले डिसेम्बर २३ गते सोमवार एक भेला एवं छलफल कार्यक्रमको आयोजना गर्न लागेको छ । नेपाली जनसम्पर्क समितिका केद्रिय सदस्य चन्द्र धितालका अनुसार नेपाली समुदायको गौरव र प्रतिष्ठा जोडिएको सामुदायिक भवन खरिद प्रकृयालाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ सो भेला एवं छलफल कार्यक्रम गर्न लागिएको हो ।
नेपाली एसोसिएसन अफ नर्दन क्यालिकोर्निया न्यान्स ले सामुदायिक भवन खरिद प्रकृया अन्तिम चरणमा रहेको बताउँदै सबै नेपालीहरुलाई सहयोगको लागि आव्हान गरिरहेको छ । न्यान्स नर्दन क्यालिफोर्नियाको सबैभन्दा पुरानो संस्था हो । जनसम्पर्क समिति क्यालिफोर्निया च्याण्टरले न्यान्सको सामुदायिक भवन खरिदको लागि पुष्प रानाको संयोजकत्वमा पुष्पराज गौतम, विनोद पुनमगर, पदम तामाङ, जनकराज ढूंगाना, केपी ढकाल र नारायण चौंलागाई रहेको एक उपसमिति समेत गठन गरेको जनाएको छ ।
‘ बे एरियामा सामुदायिक भवन निर्माण गर्ने हामीहरूको सपना अहिले साकार हुने ठाउँ पुगेको छ, त्यही सपना साकार गर्न “नेपाली जनसम्पर्क समितिले” यो पहल गरेको हो, जनसम्पर्क समिति क्यालिफोर्निया च्याण्टरका सभापति नारायण खनालले भने । समितिले सबै सुभेक्छु सदस्यहरुलाई खुल्ला मनले सामुदायिक भवन खरिदमा सहयोगको लागि अपिल गरेको छ ।
कार्यक्रम डेवर्डस्थित 1026 B street Hayward मा सोमवार बेलुकी ५ बजेदेखि शुरू हुने जानकारी दिइएको छ
प्रतिक्रिया लेख्नुहोस्:-