स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
डिसेम्वर २७
मिलन दलार्मी मगर र सुरक्षा सेन्चुरीेको आवाजमा हालै बजारमा आएको ‘तिम्रै खुशी’ म्यूजिक भिडियोमा क्यालिफोर्नियामा बसोवास गर्दै आएका नवराज आलेले अभिनय गरेका छन् । प्रेम कटुवालको रचना रहेको सो गीतमा सौगातजंग थापाले संगीत दिएका छन् भने नवराज आलेको अलावा प्रनिमा दाहाल र चण्डिका थापाले अभिनय गरेका छन् ।
आफ्नो परिवारको नेपाल भ्रमणको शिलशिलामा सो म्यूजिक भिडियोमा अभिनय गर्ने अफर आएको र जीवनमा पछि संकलनको रुपमा पनि रहने हुनाले आफूले अभिनय गरेको आलेले बताए । ‘म फ्रोफेशनल मोडल वा अभिनयकर्ता त होइन तरपनि जीवनमा एउटा संकलन जस्तो हुन्छ भनेर हामी श्रीमान श्रीमति दुबैले हवीको रुपमा अभिनय गरेका हौ’- आलेले भने । सो म्यूजिक भिडियोमा अभिनय गर्ने नवराज आले र चन्द्रिका थापा श्रीमान श्रीमति हुन् ।
आलेले आफ्नो पहिलो अभिनय भएपनि साथीभाईवाट सकारात्मक प्रतिकृया पाएको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-