Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्रान्ति सकिएको छैन, अझै अगाडि बढ्छ– अध्यक्ष दाहाल

चैत्र ५, २०७४ १:३७ मा प्रकाशित
एक दुई दिनमै सरकार विस्तार : अध्यक्ष दाहाल
Share on FacebookShare on Twitter

काठमाडौँ, ५ चैत / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति अझै नसकिएकाले नयाँ रुप र आधारमा निरन्तर क्रान्ति अगाडि बढ्ने बताउनुभएको छ ।

अखिल नेपाल जनसांस्कृतिक महासंघले यहाँ आज आयोजना गरेको ‘सांस्कृतिक प्रतिरोध दिवस तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान–२०७४’ लाई सम्बोधन गर्दै उहाँले अबको क्रान्तिको आधार समृद्धि र विकास हुने भएकाले सोही दिशामा अग्रसर हुन कलाकर्मीलाई आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनले विश्वव्यापी उतारचढावका कारण आफ्ना रणनीतिमा उतारचढाव गरे पनि उद्देश्य र लक्ष्यलाई परिवर्तन नगर्ने र आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्ने बताउँदै आर्थिक समृद्धि र विकासको कुरा गर्दा सांस्कृतिक क्रान्ति र गतिविधिलाई पनि सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले समाजवाद, समृद्धि र स्थायित्वको कुरा गर्दा सांस्कृतिक क्रान्तिलाई जीवन्त राख्न नसकिए विचलन आउने खतरा छ, ठूलो बलिदान र संघर्षमा सहभागी भएको पिँढी रहँदासम्म त सांस्कृतिक विचलन नआउँला, त्यसपछि के होला भन्ने अन्योल छ, त्यो अन्योललाई राजनीतिककर्मी र सांस्कृतिकको क्षेत्रमा काम गर्नेले चिर्नु जरुरी छ ।”

सांस्कृतिक क्रान्तिमा जनसांस्कृतिक महासंघको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन पनि सांस्कृतिक आन्दोलन जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले ‘सांस्कृतिक प्रतिरोध दिवस’ लाई जनयुद्ध, जनआन्दोलनलगायतमा सहादत प्राप्त गर्ने शहीदप्रति श्रद्धाञ्जलि र घाइते अपांग भएका योद्धाप्रति सम्मान गर्ने विशेष दिनका रुपमा आफूले लिएको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “शहीदप्रति सम्मान अर्पण गर्दै नयाँ संकल्प गर्ने विशेष दिनमध्ये सांस्कृतिक प्रतिरोध दिवस पनि एक हो, यस दिनमा मुलुकलाई एकताबद्ध गर्दै समाजवादी क्रान्तिको आधार निर्माणको महान् अभियानमा समर्पित हुने संकल्प हामी सबैले गरौँ ।”

राजनीतिकरुपमा प्राप्त अधिकारलाई गौरवमय उपलब्धिका रुपमा लिँदै समाजवादी क्रान्तिको अभियानमा लाग्नसमेत उहाँले सांस्कृतिक क्षेत्रलाई आग्रह गर्नुभयो ।

विसं २०५५ चैत ५ गते तत्कालीन नेकपा(माओवादी)का सांस्कृतिक टोलीलाई काभ्रेपलाञ्चोक जिल्लाको अनेकोटमा हत्या गरेको स्मरणमा महासंघले हरेक वर्ष सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएको छ ।

सो घटनामा माओवादीका सांस्कृतिकर्मी च्याङबा लामा, गुम्बासिंह लामा, चिनीमाया तामाङ, डम्बर श्रेष्ठ, सावित्री चौलागाईं, सुभद्रा सापकोटा र मञ्जु कुँवर काभ्रेको अनेकोटको एक घरमा बसिरहेका बेला मारिएका थिए ।

कार्यक्रममा लोकप्रिय जनगायक जीवन शर्मा, व्यङ्ग्यकार विमल निभा र कलाकार सीता आचार्यलाई अध्यक्ष दाहालले सम्मान गर्नुभयो ।रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result