Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

शुक्रबारदेखि बलेवामा व्यावसायिक उडान

चैत्र ६, २०७४ ११:२९ मा प्रकाशित
शुक्रबारदेखि बलेवामा व्यावसायिक उडान

an]jf ljdfg:yn ;~rfngdf afun'ªl:yt an]jf ljdfg:yn aGb ePsf] @^ jif{kl5 z'qmaf/blv ;~rfng ePsf] tf/f Po/sf] ljdfgaf6 cfPsf ofq'x? . tf/f / g]kfn Po/nfOG;sf] ljdfgn] ;ftfsf] b'O{ lbg afun'ª–sf7df8f}F p8fg ug]{ ePsf 5g . t:jL/ M /fdaxfb'/ yfkf, afun'ª, /f;;

Share on FacebookShare on Twitter

बागलुङ, ६ चैत / यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ ।

यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको हो । काठमाडौँं–बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमानले गर्ने भएको छ । दोस्रो व्यावसायिक उडान भने चैत १५ गते नेपाल एयरलाइन्सको विमानले गर्नेछ ।

नेपाल नागरिक उड्ययन प्राधिकरण, विमान कम्पनी र बागलुङ नगरपालिकाबीच सातामा दुई उडान गर्ने सहमति भएको छ । हरेक आइतबार तारा एयरलाइन्स र बिहीबार नेपाल एयरलाइन्सको विमानले उडान गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । ‘परीक्षण उडान सफल भएको छ, अब नियमित उडान शुरु हुन्छ’ प्रमुख पौडेलले भन्नुभयो, “धवलागिरिवासीको सपना पूरा भएको छ ।”

प्राधिकरणको प्राविधिक टोलीले धावनमार्गको सतह मिलाउन र विमानस्थल वरपरका थप केही रुख काट्न सुझाव दिएको उहाँको भनाइ छ । परीक्षण उडानमा प्राधिकरणका निर्देशक भोलाप्रसाद गुरागाइँलगायत प्राधिकरण र एयरलाइन्स कम्पनीका पदाधिकारी, इञ्जिनियर र प्राविधिक सवार थिए । पोखराबाट उडेको १० मिनेटपछि विमान बिहान ११.१५ बजे बलेवा विमानस्थलमा अवतरण गरेको थियो ।

प्राविधिक हिसाबले विमानस्थल चलाउन कुनै समस्या नरहेको तारा एयरलाइन्सका वरिष्ठ प्रबन्धक सन्त प्रजापतिले बताउनुभयो । विगतमा भएको सहमति अनुसार विमान कम्पनीले नियमित उडान शुरु गर्ने उहाँको भनाइ छ । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने सहमतिमा उल्लेख छ ।

यात्रुको सुनिश्चितता र विमान कम्पनीको व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सघाउने प्रमुख पौडेलले बताउनुभयो ।
बागलुङ–काठमाडौँंको भाडादर निश्चित भइनसकेको तर रु ६ हजारको आसपास हुनसक्ने जनाइएको छ । करिब ३५ मिनेटको उडानपछि यात्रु बलेवाबाट काठमाडौँं पुग्नेछन् ।

विसं २०४८ मा बन्द भएको विमानस्थल पछिल्लो समय गौचरनमा परिणत भएको थियो । मर्मतसम्भार र पूर्वाधार तयारीपछि विमानस्थल सञ्चालनको वातावरण बनेको हो । मर्मत, उपकरण र कर्मचारी व्यवस्थापनको जिम्मा प्राधिकरणले लिएको छ । विमानस्थल चलाउन प्राधिकरणले विभिन्न चरणमा प्राविधिक अध्ययन गरेको थियो । विमानस्थल संरक्षण र मर्मतको लागि अघिल्ला वर्षमा पनि सरकारले बजेट दिँदै आएको थियो ।
बागलुङ नगरपालिकाले यात्रुको सुनिश्चित गर्ने भएपछि विमानस्थल सञ्चालनले गति लिएको हो । विमानस्थल पुग्न बागलुङ सदरमुकामदेखि ८ किमि कच्ची सडक पार गर्नुपर्ने अवस्था छ । उक्त सडकको स्तरोवृद्धि र कालोपत्रेका लागि तत्काल पहल अगाडि बढाइने नगरपालिकाले जनाएको छ । विसं २०२२ मा निर्माण भएको विमानस्थल बागलुङ–पोखरा सडक मार्ग बनेपछि बन्द भएको थियो । बन्द विमानस्थल सञ्चालनमा ल्याउन पटक÷पटक पहल गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result