Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दोहोरो अंकले घट्यो शेयर बजार

चैत्र १२, २०७४ २:४७ मा प्रकाशित
दोहोरो अंकले घट्यो शेयर बजार

sf7df8f}sf] k'tnL;8s :yLt Ps z]o/ bnfn sDkgLdf z]o/ahf/ af/] hfgsf/L lnFb} nufgLstf{ . ;f]daf/ sf/f]af/df pRr lu/fj6sf sf/0f ;ls{6 a|]s ;d]t nfu]sf] lyof] . t:jL/ M gjLg kf}8]n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, १२ चैत / धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ ।

बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो ।

बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ । नेप्से परिसूचक ओरालो लागे पनि कारोबार रकम भने आज रु ४७ करोड ३३ लाख ९५ हजार ४११ को भएको छ ।

आज कूल १५७ कम्पनीको १५ लाख ५८ हजार ८०४ कित्ता शेयर खरिद बिक्री भएको स्टकले जनाएको छ । कूल ५२ बिन्दुले बजार ओरालो लाग्दा नेप्से परिसूचक एक हजार १६८ बिन्दुमा आइपुगेको छ । यो पछिल्लो दुई वर्षकै सबैभन्दा न्यून बिन्दु हो ।

आज ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.७६ बिन्दुले आरोलो लागेर २४९.६५ बिन्दुमा पुगेको छ । आज बैंकिङ ४१.९८, होटल ८१.३४, विकास बैंक ५१.२७, जलविद्युत् ६९.४९, फाइनान्स ४.७२, बीमा ३८३.९२ उत्पादन समूह ६०.९५, अन्य २१.९४ र माइक्रोफाइनान्स ७५.५२ बिन्दुले ओरालो लागेको छ ।

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले सरकारको तर्फबाट बजारको बारेमा सकारात्मक पहल आवश्यक भएको बताउनुभयो । धितोपत्र बजारमा आएको कमीका बारेमा जानकारी दिँदै उहाँले शेयर बजारका लगानीकर्ता ठूलो मारमा परेको भन्दै सरकारको तर्फबाट सकारात्मक पहल जरुरी रहेको बताउनुभयो ।

जिम्मेवार निकायमा रहेका व्यक्तिले जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने भन्दै उहाँले अनावश्यक हल्ला र बजार प्रभावित पार्ने काम कोही कसैले पनि गर्न नहुने स्पष्ट पार्नुभयो । रौनियारले अनलाइन कारोबार, वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लाबाट कारोबार गर्न पाउने व्यवस्था गरिए कारोबार बढ्ने र लगानीकर्तामा समेत विश्वास पैदा हुने सुझाव दिनुभयो ।

इन्भेष्टर्स फोरमका अर्का सदस्य केशव भण्डारीले लगानीकर्ता नराम्ररी प्रभावित भएको बताउनुभयो । सरकारले लगानीकर्ताको भावना सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै उहाँले विद्यार्थी, गृहिणी, सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीले गरेको सानो सानो लगानीको पनि सुरक्षा जरुरी रहेको बताउनुभयो ।

बजारमा करीव १५ लाख लगानीकर्ता रहेको इन्भेष्टर्स फोरमले दाबी गरेको छ । बजार परिपक्व नभएका कारण सानोतिनो हल्ला र प्रभावले बजार प्रभावित हुने भएकाले त्यसतर्फ ध्यान दिन लगानीकर्ताले आग्रह गरेका छन् ।

बजारमा बैंक तथा वित्तीय क्षेत्रको चाप परेको छ, ब्याजदरमा परिवर्तन भएको, हकप्रद, बोनस शेयरको समेत चाप परेका कारण बजार प्रभावित भएको छ । बजार निरन्तर ओरालो लाग्दा साना लगानीकर्ता मारमा परेको उनीहरुको टिप्पणी छ । आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले मुनाफा गरेका छन् भने राष्ट्रिय बीमा कम्पनी र एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result