Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सहकारीको रु चार अर्ब लगानी

चैत्र २५, २०७४ १:४४ मा प्रकाशित
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी, २५ चैत /  जिल्लाका सहकारी संस्थाले वार्षिक करीब रु चार अर्ब लगानी गरेका छन् । आर्थिक वर्ष २०७३७४ मा यहाँका सहकारीले रु तीन अर्ब ७० हजार ६५ लाख ७८ हजार लगानी गरेका बागलुङ सहकारी डिभिजन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार म्याग्दीमा २१५ वटा सहकारी संस्था स्थापना भएकामा ती संस्थामा आबद्ध ४३ हजार ४८५ जनाको रु ५२ करोड ६६ लाख ९५ हजार शेयर रहेको सहकारीमा गत आर्थिक वर्षमा रु दुई अर्ब ५९ करोड, २३ लाख ८५ हजार बचत रहेको सहकारी निरीक्षक डिलबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४३४ जनालाई रोजगारी प्रदान गरेको सहकारी संस्थाले गतवर्ष रु छ करोड ७९ लाख ९८ हजार खुद मुनाफा गरेका छन् । जिल्लाका सहकारी संस्थामा रू एक अर्ब ६७ हरोड छ लाख ६८ हजार बराबरको सम्पति छ ।
गाउँ÷गाउँमा सहकारी संस्था स्थापनासंगै स्थानीयवासीमा बचतको बानिको विकास, ऋण लिन र आर्थिक कारोबार गर्न सहज भएको जिल्ला सहकारी संघका अध्यक्ष दीपक कार्कीले बताउनुभयो ।

यसैबीच कार्यालयले सहकारी संस्थालाई स्थानीय तहमा हस्तान्तरण शुरु गरेको छ । संघीयका कार्यान्वयनसँग बनेको सहकारी ऐन २०७४ अनुसार सहकारी संस्था दर्ता, नियमन, खारेजी, संरक्षण, प्रवद्र्धनको अधिकार स्थानीय तहमा रहेकाले ऐन कार्यान्वयनका लागि अभिलेख हस्तान्तरण शुरु गरिएको डिभिजन प्रमुख विष्णुप्रसाद शर्माले बताउनुभयो ।

डिभिजन अन्तर्गत म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वतमा एक हजार ६९ वटा सहकारी संस्था दर्ता भएकामा जिल्लामा दुई सय बढी सहकारी छन् । रघुगंगा गाउँपालिकाका २१ वटा सहकारी संस्था गाउँपालिकालाई हस्तान्तरण गरेको डिभिजनले स्थानीय तहलाई पनि सहकारी हस्तान्तरणको तयारी गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका लागि सहकारी सम्बन्धी ऐन, नियमको बारेमा अभिमुखीकरण गरेर हस्तान्तरण गर्न लागिएको डिभिजन प्रमुख शर्माले बताउनुभयो ।

रु एक करोडमा सडक निर्माण

अन्नपूर्ण गाउँपालिका– ७ घराम्दीका बासिन्दाले रु एक करोड भन्दा बढी चन्दा जुटाएर सडक निर्माण गरेका छन् । घराम्दीका बासिन्दाले चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हँुदै पेरी भारानी ताल जोड्ने सडक निर्माण गरेका हुन् ।

स्थानीयवासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट चन्दा जुटाएर दश किलोमिटर सडक निर्माण भएको महभिर घराम्दी पेरीभारानी सडक निर्माण समितिका कोषाध्यक्ष तथा व्यवस्थापक तीर्थबहादुर फगामीले जानकारी दिनुभयो । उहाँकाअनुसार सडक निर्माणका लागि रु एक करोड १७ लाख ८५ हजार ९२०चन्दा सहयोग प्राप्त भएको छ ।

विस २०६७ मा महभिरदेखि शुरु भएको सडक यसैवर्ष धार्मिक पर्यटकीयस्थल पेरीभारानी तालमा जोडिएको थियो । तत्कालीन हिस्तान गाविस र जिविसले न्यून मात्रामा बजेट उपलब्ध गराएको उक्त सडक निर्माण कार्यमा समुदायको ठूलो लगानी रहेको छ । सामुदायिक वन, गाउँको कोषसमेत सडक निर्माणमा लगानी भएको उपभोक्ता समितिका अध्यक्ष दूधबहादुर पुर्जाले बताउनुभयो ।

चट्टानी पहाड र भिरालो भूगोलमा सडक निर्माण गर्नुपर्दा धेरै लगानी भएको हो । घराम्दी गाउँमा ९५ घरधुरीको बसोवास छ । उक्त सडकमा जिप र ट्र्याक्टर चल्न थालेपछि स्थानीयवासीलाई सदरमुकाम बेनी, गाउँपालिकाको केन्द्र पोखरेबगर, तिप्ल्याङ बजारमा आवतजावतका लागि सहज भएको छ । गाउँमा उत्पादन भएको आलु, तरकारी, खसीबोका निकासी तथा निर्माण सामग्री र दैनिक उपभोग्य सामान ढुवानी गर्न सजिलो भएको छ । सो सडक आगामी वैशाख १५ गते सबैभन्दा धेरै चन्दा सहयोग गर्नुभएका होमबहादुर फगामीबाट उद्घाटन गर्ने कार्यक्रम छ ।

फगामीले रु दश लाख ४५२ सडक निर्माणका लागि सहयोग गर्नुभएको हो । सो सडक पर्यटकीय महत्वको पेरीभरानी तालमा पुग्ने भक्तजन, पर्यटकलाई सुविधा पुग्नुका साथै घराम्दीको माथिल्लो क्षेत्रमा बाँझिएको खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउने वातावरण बनेको वडा अध्यक्ष गमबहादुर फगामीले बताउनुभयो ।

दुई सय मिटर लम्बाइ र एक सय मिटर चौडाइ रहेको गोलो आकारको पेरीभरानी ताल अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गको आकर्षण हो । उच्च स्थानमा रहेको आकर्षक प्यारीबाराही तालको पृष्ठभूमिमा अन्नपूर्ण र निलगिरि हिमालको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

तालमा पूजाआजा र भाकल गरेमा मनोकाक्षा पूरा हुने विश्वास छ । हेरक वर्ष जनैपूर्णीमामा यहाँ विशेष मेला लाग्नेगर्छ । घना गुराँसे जंगलको बीचमा रहेको यस ताल सफा र सुन्दर छ । तालमा खसेको फोहोर र पातपतिङ्गर चराले टिपेर फाल्ने गरेको किम्बदन्ती छ ।

प्यारीबाराही ताल नजिकै रहेको गाउँ हेर्ने डिल नामको डाँडा अर्को पर्यटकीय सम्भावना बोकेकोस्थल हो, यो डाँडाबाट म्याग्दी, बागलुङ, मुस्ताङ र पर्वतका ग्रामिण बस्ती, धौलागिरी, अन्नपूर्ण रेञ्जका हिमशृखला, सूर्योदय, सूर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result