Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विपन्नको उपचारमा सघाउन कोषको स्थापना

बैशाख ७, २०७५ १:३४ मा प्रकाशित
Share on FacebookShare on Twitter

बाबियाचौर, म्याग्दी, ७ वैशाख /ओमकुमारी शान्ति कोष म्याग्दीले स्थापना गर्न लागेको अक्षयकोषका लागि जापानबाट रु पाँच लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ ।

गरिब तथा विपन्नको उपचारका लागि सघाउन सो संस्थाले रु डेढ करोडको अक्षयकोष स्थापना गर्न लागेको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको पहलमा संकलित रु पाँच लाख १३ हजार ४०० मोना अन्तर्राष्ट्रियका कोषाध्यक्ष रामबहादुर खड्का, मोना जापानका उपाध्यक्ष इन्दिरा गर्वुजा, सल्लाहकार यामबहादुर खड्काले बिहीबार कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभयो ।

कोषमा रु ५० लाख रहेको र रु ५० लाख सहयोग घोषणा भएको कोषका सचिव लोकेश पुनले जानकारी दिनुभयो ।

विसं २०७१ मा स्थापना भएको सो कोषले अहिलेसम्म ५६ जनालाई रु ८० लाख भन्दा बढी उपचारका लागि सहयोग गरेको छ । मिर्गाैला, मुटु, क्यान्सर, रक्तक्यान्सरलगायत जटिल रोगबाट प्रभावित भएका बिरामीलाई कोषले उपचारका लागि सहयोग गर्दै आएको हो ।

यसैगरी पत्रकार सन्तोष गौतम र दुर्गा आचार्य गौतमका छोरा प्रणवले जन्मदिनको अवसरमा कोषलाई पाँच हजार ५०० नगद सहयोग गरी आजिवन सदस्यता लिनुभएको छ ।

पूर्व विद्यार्थीद्वारा करीब रु तीस लाखको अक्षयकोष स्थापना

रघुगंगा गाउँपालिका– १ बेगस्थित महादेव माविमा रोजगारी, पेशा, व्यवसाय र अध्ययनका लागि विदेशीएका पूर्व विद्यार्थीको पहलमा करीब रु तीस लाखको अक्षयकोष स्थापना भएको छ ।

कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीको प्रोत्साहनका लागि रु २९ लाख ६० हजारको छुट्टाछुट्टै चार वटा अक्षयकोष स्थापना गरेका हुन् ।

ग्रामीण क्षेत्रमा रहेका विद्यालयको भौतिक, शैक्षिक विकासमा पूर्व विद्यार्थीको सहयोग प्रभावकारी बनेको प्रअ धनबहादुर फगामीले बताउनुभयो ।

व्यक्तिगत रुपमा १३ वटा ल्याप्टप उपलब्ध गराएका बेलायतमा रहेका पदमबहादुर गर्बुजाको पहलमा कम्प्युटर कक्षा सञ्चालनका लागि रु २३ लाखको अक्षयकोष स्थापना भएको छ ।

सो अक्षयकोषको ब्याज निजी स्रोतका तीनजना शिक्षकको तलब र कम्प्युटर कक्षा सञ्चालनमा परिचालन हुने गरेको छ । समाजका अध्यक्ष फगामीको पहलमा स्थापना भएको रु पाँच लाखको अक्षयकोषको ब्याजबाट वार्षिक रुपमा एसइई परीक्षामा विद्यालयबाट सर्र्वोकृष्ट अंक प्राप्त गर्ने एक छात्र र एक छात्रालाई वार्षिक रु दशदश हजार तथा उतीर्ण हुनेलाई जनही रु दुईदुई हजार प्रदान गरिँदै आएको छ ।

बेलायतमा रहेका युवबहादुर गर्बुजाको पहलमा स्थापनमा भएको रु एक लाखको शिक्षक अभिभावक कोषबाट वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षकलाई प्रोत्साहन उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
योगकुमार फगामीको व्यक्तिगत लगानीमा स्थापना भएको रु ६० हजारको गरीब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट वार्षिक रुपमा १, ५, ६,८ र ९, १० तहमा उत्कृष्ट अंक प्राप्त गर्ने तीनजना जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिँदै आएको छ ।

कक्षा १० सम्म पठनपाठन हुने सो विद्यालयमा १७० जना विद्यार्थी अध्ययनरत छन् । कम्प्युटर कक्षा सञ्चालन लागि गाउँपालिकाले यस वर्ष विद्यालयलाई रु पाँच लाख उपलब्ध गराएको छ । यसअघि शिक्षा कार्यालयले सूचना प्रविधि कार्यक्रम अन्तर्गत रु छ लाख ५० हजार सहयोग गरेको थियो । कक्षा ६ देखि दशसम्म ऐच्छिक विषयको रुपमा कम्युटर विषयको पठनपाठन हुने गरेको छ ।

फेसबुक, ट्वीटर, भाइबर, इमो, म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत संसारको विभिन्न ठाउँमा छरिएका बेगखोलावासीसँग छलफल गर्ने र सहयोग जुटाउने गरिएको बेगखोला कल्याणकारी समाज हङकङका संयोजक नक्क गर्बुजाले बताउनुभयो ।

पूर्व विद्यार्थीले विसं २०२५ मा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण बनेपछि पुनःनिर्माणका लागि रु एक करोड ३३ लाख सहयोग जुटाएका छन् । यसअघि प्रवासीले बेगखोलादेखि देउराली र तिप्ल्याङदेखि बादुक गाउँ जोड्ने सडक निर्माणका लागि रु एक करोड २५ लाख सहयोग गरेको समाजका अध्यक्ष योगकुमार फगामीले बताउनुभयो । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result