Friday, August 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सम्झौता कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड

बैशाख १२, २०७५ ३:४७ मा प्रकाशित
सम्झौता कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड
Share on FacebookShare on Twitter

काठमाडौँ, १२ वैशाख / भारतका लागि पूर्वराजदूत डा दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा हुने भ्रमणका अवसरमा विगतमा दुवै देशबीच भएका सन्धिसम्झौता कार्यान्वयनको चरणमा लैजानुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा सिंहले भन्नुभयो, “पञ्चेश्वर परियोजना दुवै पक्षको हितमा छ, चाँडो कार्यान्वयनमा लैजानुपर्छ, हुलाकी राजमार्ग र जलविद्युत्जस्ता परियोजनालाई अघि बढाउनुपर्छ ।”

मोदीले तीन पटक नेपालको भ्रमण गर्नु अभूतपूर्व हुने र उहाँको पहिलो पटकको नेपाल भ्रमणले आपसी सहयोगको ढोकासमेत खोलिदिएको बताउँदै उहाँले भन्नुभयो, द्विपक्षीय उच्चस्तरीय भ्रमण भइरहेका छन्, त्यसले सम्बन्धमा नयाँ आयाम थपेको छ ।”

नेकपा (एमाले) का नेता डा राजन भट्टराईले प्रधानमन्त्री मोदीको नेपाल भ्रमण राजकीय हुने बताउँदै उक्त भ्रमणमा अरुण तेस्रो र काभ्रेको धुलिखेलमा प्रहरी प्रतिष्ठानको शिल्यान्यास हुने बताउनुभयो ।
नेपाल–भारत सीमा विवादबारे आफूहरु सम्मिलित इपिजीले सघनरुपमा छलफल चलाइरहेको जानकारी दिँदै डा भट्टराईले काठमाडौँमा मात्रै नभएर अब दिल्ली र बेइजिङमा पनि भारत–नेपाल–चीनबीचको त्रिदेशीय साझेदारीबारे बहस शुरु भएको छ भन्नुभयो । उक्त सन्धि पुनरावलोकन गरी असमान विषय खारेजीका लागि सुझाइने उहाँले बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै उहाँ जनकपुर र मुक्तिनाथ जाने हुँदा तराईदेखि हिमालसम्म उहाँको यसपटक धार्मिक र सांस्कृतिक भ्रमणसमेत हुने बताउनुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आजको छापाबाट

हर्किलिस सिटी काउन्सिलमा भट्टराईको संभावना !

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता
आप्रबास मामिला

डिल्ली भट्टराईद्धारा हर्किलिस सिटीको काउन्सिलरमा उम्मेदवारी दर्ता

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !
Slider

एनआरएनए अमेरिकाको साधारणसभा अहिले उपयुक्त छैन !

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न
अमेरिका समाचार

‘बिनोद नेपाल स्मृति फाउण्डेशन’को रक्तदान कार्यक्रम सम्पन्न

गगनको नेतृत्व देशको आवश्यकता हो
बिचार / ब्लग

मेरो स्मरणमा पश्चिम युरोपको अध्ययन र अनुसन्धान

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result