अमेरिका/ जुन १६, २०१८
रसियामा जारी विश्वकप २०१८ मा आज भएका चार खेलहरुमा खेलमा फ्रान्स, डेनमार्कले र क्रोएसिया बिजयी भएका छन्। समूह सि अन्तर्गतको खेलमा फ्रान्सले अष्ट्रेलियालाई २-१ गोलले हरायो भने डेनमार्कले पेरुलाई १-० गोलले हरायो। यसैगरी क्रोएसियाले नाइजेरियालाई २-० गोलले हरायो। तर समूह डि कै अर्को खेलमा भने अर्जेन्टिना र आइसल्याण्डले १-१ को बराबरी खेले र एक-एक अंक बाँडे।
समूह सि को पेरु र डेनमार्कबीचको दोश्रो खेल निकै प्रतिस्पर्धात्मक भएको थियो। पेरुको कैयन प्रहार डेनमार्कका किपरले बचाएका थिए। छनौट चरणमा न्यूजिल्याण्डलाई प्लेअफबाट पाखा लगाएर अन्तिम ३२ टिमभित्र पर्न सफल दक्षिण अमेरिकी देश पेरुका सबै प्रहार डेनमार्कका किपरले क्लियर गरिदिएका थिए। समूह डि को दोश्रो खेलमा क्रोएशियाले अफ्रिकी मुलुक नाइजीरिया २-० गोलले सहज पाखा लगाइदियो।
तस्वीर: फिफा
प्रतिक्रिया लेख्नुहोस्:-