Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

धौलागिरिको फेदमा होटल व्यवसाय

असार ६, २०७५ १:५४ मा प्रकाशित
धौलागिरिको फेदमा होटल व्यवसाय
Share on FacebookShare on Twitter

म्याग्दी, ६ असार /  वरिपरि हिमालले घेरिएको छ । बीचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाइको छ । पहाडको पाखो सम्याएर हेलिप्याड बनाइएको छ ।

राति यही मैदानमा पर्यटक टेण्ट टाँगेर बास बस्छन् । धौलागिरि गाउँपालिका–४ बगराका हरिप्रसाद तिलिजाले विगत २५ वर्षदेखि मुदीस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा होटल सञ्चालन गर्दै आउनुभएको छ ।

तिलिजाले आफ्नो जीवनको महत्वपूर्ण समय यही होटलमा खर्चिनुभएको छ । यहाँबाट धौलागिरि हिमालको आधार शिविर पुग्न एक दिनको पदयात्रा गर्नुपर्छ । मुदीको अन्तिम मावनबस्ती जेल्टुङदेखि दुई दिनको पैदलदुरीमा रहेको ‘इटाली क्याम्प’मा धौलागिरि पदमार्ग हुदै आधार शिविर, चक्रिय धौलागिरि र धौलागिरि हिमालको आरोहणको लागि आउने पर्यटक बास बस्छन् ।

“पर्यटककै सुविधाका लागि होटल सञ्चालन गरेको हुँ,” उहाँले भन्नुभयो । उहाँले पर्यटकको लागि खाना र बास बस्ने बन्दोबस्त मिलाउनुभएको छ । समुद्री सतहदेखि करीब तीन हजार ६०० मिटर उचाइमा अवस्थित इटाली आधार शिविरमा तिलिजाले सञ्चालन गरेको होटलको क्षमता ४० जना अटाउने रहेको छ ।

उहाँले निर्माण गर्नुभएको पाँचवटा मैदानमा तीनसय जना अटाउन सक्छन् । दिउँसो यिनै मैदानमा हेलिकप्टर अवतरण गरिन्छ । यहाँ मुदी, बगरा, दोभान हुँदै पदयात्रा गरी पुग्न सकिन्छ । कतिपय पर्यटक हेलिकप्टरमार्फत पुग्छन् । यो पर्यटक बास बस्न मिल्ने एउटा मात्रै होटल हो । पदमार्ग सहज नभएका कारण धेरैजसो पर्यटक म्याग्दीको ताकमसम्म यातायातका साधनमार्फत तथा त्यहाँबाट हेलिकप्टर चढी इटाली क्याम्प पुगेर धौलागिरि हिमालको आधार शिविरतर्फ लाग्छन् ।

होटल वरपरको क्षेत्रमा धौलागिरि १, मानापाथि, धौलागिरि २, धौलागिरि पाँच, छेउवन पिकलगायतका हिमशृंखला रहेका छन् । संसारको सातांैँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर)को आधार शिविर हुँदै धौलागिरिको फन्को मार्न तथा हिमाल आरोहण गर्ने पर्यटकका सुविधाका लागि होटल सञ्चालन गरेको तिलिजाले बताउनुभयो ।

होटल क्षेत्रबाट वरिपरिका हिमालबाट बग्ने आइसफलको दृश्य हेर्न त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । ‘‘यहाँ आउन कठिन छ, जति दुख हुन्छ, आइसकेपछि सबै थकान यहाँको प्राकृतिक सौन्दर्यताले मेटाइदिँदो रहेछ’’ आन्तरिक पर्यटक युवराज पौडेलले भन्नुभयो ।

इटाली क्याम्पबाट हिमशृंखलाको साथै विभिन्न झरना, डाँफे, मुनाल, मृग लगायतका जंगली जनावर र पशुपक्षी नजिकबाट अवलोकन गर्न सकिन्छ । बेनीका बालकृष्ण सुवेदी लोपउन्मुख जनावरलाई नजिकबाट अवलोकन गर्न पाउँदा खुशीको सीमा नरहेको बताउनुहुन्छ । “यस ठाउँलाई केन्द्रित गरी पूर्वाधार निर्माण र प्रचारप्रसार आवश्यक छ,” उहाँले भन्नुभयो ।

होटल सञ्चालन गर्न तिलिजाले रु ४० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । उहाँले शुरुमा चौरवनमा खाजा पसल सञ्चालन गर्नुभएको थियो । पछि छाप्रो हालेर होटल शुरु गर्नुभएको हो । होटल गरेदेखि अहिलेसम्म भएको सबै आम्दानी त्यसकै क्षमता विस्तारमा खर्चिएको उहाँले भनाइ छ ।

धौलागिरि पदमार्गमा वर्षमा ४० देखि ५० वटा समूहमा पर्यटक पुग्ने गरेका छन् । उहाँले सोलारमार्फत बिजुली बाल्नुभएको छ । “खानेपानीको समस्या छ, एक किलोमिटर टाढाको मुहानबाट पानी ल्याउने योजना छ,” उहाले भन्नुभयो । उहाँले स्याटेलाइट फोन सेवासमेत सञ्चालन गर्नुभएको छ ।

पर्यटनको सम्भावना भएपनि पदमार्ग, ठाउँ ठाउँमा होटल, सञ्चार सुविधा अभाव तथा प्रसारप्रसारको कमीले यहाँ पर्याप्त पर्यटक भित्र्न नसकेका राउण्ड धौलागिरि युवाक्लब बगराका अध्यक्ष डिल पुनले बताउनुभयो । अन्तिम मानवबस्ती बगरगाउँदेखिमाथि पर्यटकको सुविधाका लागि दोबानमा रुपा पुन र कृतबहादुर घर्तीले होटल चलाएका छन्, भने सल्लाघारीमा समलाल पुन र अमलाल पुनले चिया पसल सञ्चालन गरेका छन् ।

देशका अन्य पदमार्ग सडक सुविधाका कारण विस्थापित बनिरहेको अवस्थामा धौलागिरि चक्रिय पदमार्ग सडकबाट टाढा रहेकाले साहसिक यात्राका लागि गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना बनाएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँले यस वर्षदेखि धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहोर हटाउन बजेट विनियोजन गरेको बताउनुभयो ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result