Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

धिमे र बाँसुरी सिक्दै झापाली नेवार

असार १०, २०७५ १:२८ मा प्रकाशित
धिमे र बाँसुरी सिक्दै झापाली नेवार

…lwd] afhfÚ ahfpFb} emfkfsf] latf{df]8df cfof]lht sfo{qmddf …lwd] afhfÚ ahfpFb} g]jf/L o'jtL . ljleGg kj{df ahfpg] lwd] afhf nf]kf]Gd'v cj:yfdf /x]sf]n] o;sf] ;+/If0fdf emfkfnL g]jf/ ;d'bfo h'6]sf 5g . tl:a/ M ;'/]Gb| e08f/L, ;'?ªuf-emfkf_, /f;;

Share on FacebookShare on Twitter

सुरुङ्गा, झापा, १० असार / जाति, भाषा र संस्कृतिमा नेपालकै सबैभन्दा धनी समुदाय हो नेवार । तर, पछिल्लो समय यही समुदायको भाषा र संस्कृति लोपोन्मुख अवस्थामा पुगेको छ ।

नेवार समुदायको भाषा र संस्कृति काठमाडौँ उपत्यकामा संरक्षित भए पनि उपत्यका बाहिर भाषा र संस्कृति लोपोन्मुख अवस्थामा रहेको नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकारले बताउनुभयो ।

“काठमाडौँ उपत्यका बाहिर नेवार समुदायको जनसंख्या झण्डै ५५ प्रतिशत र उपत्यकामा ४५ प्रतिशत छ,” अध्यक्ष ताम्राकारले भन्नुभयो –“तर उपत्यका बाहिरै नेवार समुदायको भाषा र संस्कृतिको संरक्षण हुन सकेको छैन ।”

देशभर छरिएर रहेका नेवार समुदायको भाषा र संस्कृति लोप हुँदै गएको महसुस गरेका झापाका नेवार समुदाय अहिले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा जुटेका छन् ।

आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने पहलस्वरुप जिल्लाका विभिन्न स्थानमा नेवार समुदाय यतिबेला धिमे बाजा संरक्षण अभियानमा सक्रिय भएर लागेका छन् । यस अतिरिक्त यस समुदायका युवालाई बाँसुरी बादनसम्बन्धी प्रशिक्षण समेत दिइँदैछ ।

‘धिमे बाजं’ नेवार समुदायमा शोक बाहेक अन्य सबै शुभकार्यमा बजाइने बाजा हो । तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेपछि नेवाः देय् दबू झापाले बाजाको संरक्षण गर्ने अभियान थालेको हो ।

पर्व र संस्कृतिका धनी नेवार समुदाय आफ्नो जातीय पहिचान जोगाउन प्रयत्नशील रहेपनि राज्यले त्यसमा खासै सहयोग नगरेको गुनासो दबूका बिर्तामोड नगर समिति अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ गर्नुहुन्छ ।

मुलुकभर १३ लाखको हाराहारीमा नेवार समुदाय रहेको अनुमान छ । यसमध्ये ६ लाख काठमाडौँ उपत्यकामा र बाँकी उपत्यका बाहिर बसोवास गर्दछन् । भाषा, संस्कार, संस्कृतिले उपत्यकाभित्रका नेवार सक्षम रहे पनि उपत्यका बाहिर उनीहरुको पहिचान हराउँदै गएको चिन्ता नेवार समुदायका अगुवाहरु व्यक्त गर्छन् ।

नेवार समुदायको संस्कृतिले देशको अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याएको दबूका केन्द्रीय अध्यक्ष ताम्राकार दाबी गर्नुहुन्छ । “युवा पुस्ताले बाजा संरक्षणमा चासो नदेखाए संस्कृति नै लोप हुनसक्ने अवस्था थियो, अहिले धेरै राम्रो काम भएको छ,” उहाँले भन्नुभयो – “युवा पुस्तामा पश्चिमी संस्कृतिको प्रभावका कारण आफ्नो संस्कृतिप्रतिको मोह घटेर गएको अवस्थामा झापावासीको यो उत्साह सराहनीय छ ।”

‘धिमे बाजं’ नेवार समुदायमा विभिन्न चाडपर्वमा बजाउने चलन छ । यो समुदायले नयाँ वर्ष, विजयादशमी, दीपावली, गाईजात्रालगायत पर्वमा यो बाजा बजाउने गर्दछन् । अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा वैभवपूर्ण सांस्कृतिक धरोहर हस्तान्तरण हुन नसकेर संस्कृति लोप हुने अवस्थामा पुगेका बेला धिमे बाजा संरक्षणमा झापाका नेवार समुदाय लागिपरेको दबूका बिर्तामोड नगरसमिति सचिव ओमप्रकाश श्रेष्ठले बताउनुभयो ।

खासगरी धिमे र बाँसुरी पहिले ज्यापू समुदायका पुरुषले मात्र बजाउने बाजाका रुपमा परिचित थियो । तर, अहिले महिलासमेत रहरलाग्दो गरी यो बाजा बजाउन अग्रसर हुन थालेको धिमे र बाँसुरी बाजाका प्रशिक्षक कृष्ण मर्हजन बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “अहिले झापाको बिर्तामोड, मेचीनगर लगायतका स्थानमा यो बाजासम्बन्धी प्रशिक्षण भइरहेको छ जहाँ युवतीहरुको पनि उत्साहजनक सहभागिता छ ।”

नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, यँेया पुन्ही, चथाः, दशैं, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने र हर्षोल्लास मनाउने चलन छ ।

लोकप्रिय रहेको धिमे रूखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुबैतिर छालाले मोडेर बनाइएको ‘ताल बाजा’ हो । यो बाजा काठमाडौँ उपत्यकाका नेवार समुदायमा सबैभन्दा प्रचलित छ । धिमे राईहरूको च्याबु्रङ र तराईवासीको ढोलसँग आकार, प्रकार र बजाउने तरिका मिल्छ ।

सिपालु सेविका
बिर्तामोड–५ निवासी सेविका श्रेष्ठले आफ्नो समुदायको पौराणिक धिमे बाजा बजाएको टेलिभिजनमा मात्र देख्नुभएको थियो । तर, अहिले स्वयं उहाँलाई धिमे बाजा बजाउन आउँछ ।

बिर्तामोड–९ की योजना श्रेष्ठ पनि यतिखेर धिमे बाजा बजाउन पोख्त हुनुहुन्छ । नेवार भएर नेवार समुदायको बाजा बजाउन नआउँदा खिन्न लाग्ने गरेको उहाँको विगतको अनुभव छ । तर अहिले उहाँ निक्कै खुशी हुनुहुन्छ ।

नेवाः देय् दबूको विर्तामोड नगर समितिले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि भन्दै आयोजना गरेको दुई महिने तालीममा सहभागी भएर सेविका र योजनाले यो बाजा बजाउन सिक्नुभएको हो ।

यो बाजा पुरुषले मात्र बजाउनुपर्छ भन्ने मान्यता रहेपनि सेविकाले आफैं अग्रसर भएर यो बाजा बजाउन सिकेको बताउनुहुन्छ । अहिले नेवार समुदायमा आयोजना गरिने विभिन्न कार्यक्रममा सहभागी हुँदै उहाँले धिमे बाजा बजाउन थाल्नुभएको छ ।

आफ्नो कला र संस्कृति लोप हुँदै गएको महसुस गरी सेविका र योजनासहित झण्डै ३९ जनाले यो बाजा बजाउन सिकेका छन् । शुरु शुरुमा धिमे बाजा बजाउन असहज भए पनि अहिले यो बाजा बजाउँदा आनन्द आउने गरेको अर्का प्रशिक्षार्थी प्रणेश श्रेष्ठले बताउनुभयो ।

आफ्नो परम्परा र संस्कृति संरक्षणका लागि झापामा रहेका नेवार समुदायले देखाएको अग्रसरता सबैका लागि अनुकरणीय छ । एक पुस्ताबाट अर्काे पुस्तामा आफ्नो संस्कार र संस्कृति यसैगरी हस्तान्तरण गर्दै जाने हो भने नेवार समुदाय मात्रै होइन सबै समुदायको संस्कार र संस्कृतिको जगेर्ना हुनेमा दुईमत छैन ।रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result