Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मेन्छ्यायेमको बजेट रु साढे १८ करोड

साउन ४, २०७५ १०:४० मा प्रकाशित
Share on FacebookShare on Twitter

तेह्रथुम, ४ साउन / मेन्छ्यायेम गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ का लागि रु १८ करोड ५३ लाख ३७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाले बिहीबार सम्पन्न गाउँसभा मार्फत चालू खर्चतर्फ रु तीन करोड आठ लाख ५८ हजार र पूँजीगततर्फ रु आठ करोड ६३ लाख ७९ हजार र शशर्त अनुदानतर्फ रु छ करोड ८१ लाख गरी कूल रु १८ करोड ५३ लाख ३७ हजारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

यसमध्ये गाउँपालिकाले आन्तरिक आम्दानी रु १२ लाख, गत वर्षको बचत रु दुई करोड चार लाख, संघीय सरकारबाट प्राप्त अनुदान रु १५ करोड ८७ लाख, प्रदेश सरकारबाट प्राप्त रु ५० लाख ३७ हजार रहेको छ ।

उक्त बजेटबाट आर्थिक विकास अर्थात कृषि, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारीलगायत वित्तीय क्षेत्रका लागि रु एक करोड २० लाख ३२ हजार विनियोजन गरिएको गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले बताउनुभयो ।

यस्तै, सामाजिक विकासतर्फ रु दुई करोड २७ लाख, पूर्वाधार विकासतर्फ रु चार करोड चार लाख ६७ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु नौ लाख ५० हजार र संस्था विकास तथा सेवा प्रवाहतर्फ रु एक करोड दुई लाख ३० हजार बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

मध्य बर्खामा पनि खडेरी

यसैबीच, मध्यबर्षा बितिसक्दासमेत पर्याप्त पानी नपरेपछि तेह्रथुमका अधिकांश खेत बाँझै छन् । पानी नपर्दा किसानले लगाएको मकै बाली समेत नष्ट हुन थालेको छ ।

मकैको बोटनै सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । तेह्रथुमका सुख्खाग्रस्त दर्जनभन्दा बढी गाउँका किसानले लगाएको मकैका बोटै सुक्न थालेपछि किसानलाई वर्ष दिनभरि के खाने, के लाउने भन्ने चिन्ताले सताउन थालेको छ ।

बारीमा फल लाग्ने बेला भएको मकैको बोटै सुकेर नष्ट हुन थालेपछि गाउँमा भोकमरीको सम्भावना निम्तिने सम्भावना बढेको छथर गाउँपालिका–४, फाक्चामाराका विष्णु सुवेदीले बताउनुभयो । छथर गाउँपालिकाको फाक्चामारा, पञ्चकन्या, हमरजुङ, सुदाप र ओख्रेका विभिन्न गाउँका किसानले लगाएको मकैका बोटै सुक्न थालेका छन् ।

यता फेदाप गाउँपालिकाको सिम्ले र जलजलेका समेत विभिन्न टोलमा लगाइएको मकै खेती खडेरीले सुकाएको गाउँपालिकाका उपाध्यक्ष गीतादेवी थापाले बताउनुभयो । “वैशाख र जेठमा केही पानी परे पनि त्यसयता पानी परेको छैन,” उपाध्यक्ष थापाले भन्नुभयो, “त्यसैले गाउँमा खेतमा रोपाइँ हैन, बारीमा लगाएको मकै समेत सुकेर जाने अवस्था आएको छ ।”

बारीमा मकैका बोट सुकेर नष्ट हुन थालेको देख्दा आफूहरुलाई वीरक्त चल्ने गरेको छथर गाउँपालिका–४ की विष्णु सुवेदीको भनाइ छ । आठराई गाउँपालिकाको थोक्लुङ, चुहानडाँडा, संक्रान्ति, छातेढुंगालगायत गाउँमा समेत खडेरीले मकै सुकेर नष्ट बनाउन थालेको छ ।

मध्यअसार बितिसक्दासमेत पानी जिल्लामा पर्याप्त वर्षा भएको छैन । किसानले लगाएको मकै बाली मात्र हैन, गहत, कोदोलगायत बालीमा समेत खडेरीले प्रभाव पारेको छ । खडेरीले बालीनाली लगाउने र फल्ने बेला नष्ट गरेपछि आफूहरुलाई भोकमरी निम्तिने अवस्था आएको किसानले गुनासो गरेका छन् । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result