Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सुदूरको साङ्गीतिक क्षेत्रमा जमेका ‘शाह दम्पती’

कार्तिक ८, २०७५ ६:५८ मा प्रकाशित
Share on FacebookShare on Twitter

भीमदत्तनगर, ८ कात्तिक /
“साफेँबगर पाटन बजार, दिपायलको गढी,
म माया सुवाकै मान्दो, सबैभन्दा बढी,
तँ आए बाजुराबाट, म आउँला बैतडीबाट,
डडेल्धुरा भेटौँला, धनगढीमा घुम्न जाउँला मनका तिर्खा मेटौँला ।”

बोलको सुदूरपश्चिमको संस्कृति र पहिचान झल्किने देउडा गीत दुई वर्षअघि बजारमा आयो । यहाँका रचनाकार एवं संगीतकार राजेन्द्र शाह ‘बिपी’ को गीतले निकै चर्चा पायो ।

दुईअघि बजारमा आए पनि उक्त देउडा गीत सुदूरपश्चिममा अझै गुञ्जिरहेको छ । देउडा गायिका सङ्गीता शाह र गायक खुमन अधिकारीको स्वर रहेको गीत सुदूरपश्चिमकै सेरोफेरोमा छायाङ्कन भएको एल्बम हो ।

बाजुरा बुढीगङ्गा नगरपालिका–४ ओलीसैनबाट स्कूले जीवनमै सुदूरपश्चिमको साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका राजेन्द्र शाह विगत दुई दशकदेखि यहाँको देउडा गीत बनाइ बजारमा ल्याउन निकै सक्रिय छन् । ६०० भन्दा बढी गीत रचना गर्नुका साथै ५०० गीतमा सङ्गीत दिइसक्नुभएका शाहले सुदूरपश्चिमकै मौलिकता झल्किने देउडा गीत शब्द सङ्कलनमै ९० प्रतिशत समय खर्चिएको बताउनुहुन्छ ।

‘धनगढीमा घुम्न जाउँला’ एल्बम निकै चल्यो । उहाँले भन्नुभयो, “युवापुस्ताले पनि यो गीत निकै मन पराएको छ ।” उक्त गीतमा शाहकै पत्नी देउडा गायिका सङ्गीता शाह र गायक खुमन अधिकारीले स्वर दिनुभएको छ ।

गीत÷सङ्गीतबाट परिचय भएका शाह जोडीले विसं २०६१ मा परिचयलाई विवाहमा परिणत गरेको बताउनुभयो । “उनीसित (सङ्गीता) एल्बम निकाल्ने क्रममा भीमदत्तनगरमा भेट भएको थियो ।” राजेन्द्र शाहले भन्नुभयो, ‘खप्तड मालिका’ एल्बममा उहाँले स्वर दिनुभएको थियो ।’

२०५७ सालदेखि देउडा गायनमा आउनुभएका गायिका सङ्गीता शाह लामो समयदेखि चल्तीकी देउडा गायिकामा अग्रस्थानमै आउँछिन् । “भीमदत्तनगरमा भएको पहिलो महोत्सवमा मैले स्टेज प्रस्तुति राखेको थिएँ ।” उहाँले विगत सम्झिँदै भन्नुभयो, “अहिले भारतलगायत मुलुकका विभिन्न क्षेत्रमा हुने साङ्गीतिक कार्यक्रममा बोलावट हुन्छ ।”

हालसम्म पाँच सयभन्दा बढी सुदूरपश्चिमका देउडा गीतमा स्वर दिइसक्नुभएकी गायिका शाहले एक सयभन्दा बढी आफ्नै श्रीमानले रचना÷सङ्गीत दिएका गीतमा स्वर दिएको बताउनुभयो ।

खप्तड डिजिटल म्युजिक प्रालि सञ्चालन गरेर तीन वर्षयता देउडामा सघन रूपमै व्यस्त रहेको बताउँदै शाहले दुई वर्षमै दुई सयभन्दा बढी गीत बजारमा ल्याएको बताउनुभयो ।

दुई वर्षअघि नै बजारमा आएको उहाँको गीत÷सङ्गीत रहेको ‘यो अछामी बड्डो’ बोलको एल्बमले पनि सुुदूरपश्चिमको देउडामा इतिहास नै बनायो । युट्युवमा समेत १७ लाख ८५ हजारभन्दा बढीले हेरेको उक्त गीतमा सुदूरपश्चिमको देउडा गायक लालबहादुर धामी र गायिका टीका पुनले स्वर दिनुभएको छ ।

“चैत काफ्ल झड्डो, फागुन असिनो पड्डो,
यो अछामी बड्डो, आइगयो बड्डीका खोज,
खेत कुनिया नाई धान काट्याका निन हाल्याका
देश दुनियाँ नाइ यो जोवन सम्हाली सक्न्या”

“अझै दर्जनौँ गीत बजारमा आउने तयारीमा छौ ।” शाहले भन्नुभयो, “नयाँ प्रविधिसँगै गीतमा पनि नयाँपन ल्याउन खोज्दैछौँ ।” बजार प्रर्वद्धन पहिले सहज रहे पनि केही वर्षयता प्रविधिमा भएको पहुँचले दर्शक, स्रोतामाझ गीत पस्किन सजिलो भएको उहाँको बुझाइ छ । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result