Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पुराना गीतको शब्द बङ्ग्याउँदै ‘रिमिक्स’

मंसिर १४, २०७५ १:३४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १४ मङ्सिर / ‘फूलको थुँगा बहेर गयो गङ्गाको पानीमा
कहिले भेट होला है दाजै यो जिन्दगानीमा’(माधवप्रसाद घिमिरे)
‘मनको बाँध’ चलचित्रमा नातीकाजीद्वारा सङ्गीतबद्ध र तारादेवीद्वारा गाइएको यो गीत आज पनि त्यत्तिकै चर्चित छ । गीत रेकर्ड भएको वर्षाँै बितिसक्दा पनि लोकप्रियता भने अझै कम छैन । सय वसन्त पार गर्न लागिसक्नुभएका राष्ट्रकवि घिमिरेले आफ्नो अन्य गीत पुनः रेकर्ड गरिए पनि यस गीतलाई भने रिमिक्स गर्न ‘मरे पनि नदिने’ बताउँदै आउनुभएको थियो तर यस गीतका कभर गीतहरु अहिले युट्युबमा प्रशस्तै भेटिन्छन् । मिलन अमात्य, सन्ध्या बुढा (काउली बूढी) गीत रिमिक्स गर्ने परिपाटि आजभोलि ह्वात्तै बढेको पाइन्छ । रिमिक्स (पुनः रेकर्ड) का नाममा नयाँ गीत बनाउने परिपाटिले गीतको मौलिकता नै हराउने हो कि भन्ने डर सङ्गीतकर्मी र सङ्गीतकर्मी दुवैमा छ ।
सर्लाही घर भई हाल नयाँ बानेश्वरमा बसोबास गर्दै आउनुभएकी २१ वर्षीया तुलसा थापा नेपाली गीतसङ्गीतमा छाडापान आएको महसुस गर्नुुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिलेका गीतभन्दा त पहिलेकै गीत नै सुन्नलायक छन् ।” पुराना गीतजस्तै नयाँ बन्ने नेपाली गीतमा पनि नेपाली मौलिकपना घुसाउनुपर्ने थापाको भनाइ छ ।
हाल नेपाली गीतसङ्गीतमा पुराना गीतलाई नयाँ सङ्गीत भरेर बनाउने परिपाटि कुनै नौलो होइन । थुप्रै पुराना गीत अहिले रिमिक्स (पुनःरेकर्ड) गर्ने प्रचलन झनै बढ्दै गएको छ । नेपाली चलचित्र ‘छक्का पञ्जा २’ मा राखिएको ‘हे दाजु नसमाऊ नाडीमा’ बोलको गीतले कुनै दिन नेपाली बजारलाई खुबै तताएको थियो । जति यो गीतले उचाइ पायो, त्यसैगरी गीतका विरुद्ध टिप्पणी पनि आउन थाले । वास्तवमा यो गीत सन् १९६६ मा नै रेकर्ड गरिएको थियो । टिप्पणीसँगै यस गीतको पुरानो संस्करणलाई युट्युबमा समेत राखिएको छ । यो गीतमा सङ्गीत कान्छा मगर नेपालीले दिनुभएको थियो भने स्वर लोचन भट्टराई र श्याम नेपालीले दिनुभएको थियो । यस गीतको पुरानो संस्करण र चलचित्रमा दिएको संस्करणको सङ्गीतमा अलिकति पनि मेल खाएको पाइँदैन ।
पुराना थुप्रै गीतमा अङ्ग्रेजी शब्द घुसाएर आफ्नै शैलीमा गाएका गीत सुन्दा राम्रो लागे पनि त्यस्ता गीतले स्रष्टालाई सम्मान नगरेको हो कि भन्ने भान हुन्छ । पुराना गीतलाई नबिगारी जस्तो शब्द र सङ्गीत छ त्यसैलाई निरन्तरता दिएमा गीतको भाव नमर्ने गायक आनन्द कार्की बताउनुहुन्छ । “नयाँ गीत गाए पनि पुराना गायक र सङ्गीतकार दुवैको नाम लिनैपर्छ”, उहाँ भन्नुहुन्छ ।
पुराना गीतलाई नयाँ ढाँचामा ल्याइनुभन्दा पूरै नयाँ गीत नै ल्याएर चर्चा बटुल्नु उत्कृष्ट रहेको चाबहिलका ५१ वर्षीय रोमन श्रेष्ठ बताउनुहुन्छ । “पहिलेका स्रष्टाले कति राम्रा शब्दको रचना गर्थे, अहिले त जताततै आफू चर्चामा आउने होडबाजी नै चलेको छ”, उहाँ आक्रोश पोख्नुुहुन्छ, “अरुको गीतलाई नै आफ्नो रचना भनेर दिनेले किन नयाँ रचना दिन नसक्ने ?”
त्यसैगरी नेपाली लोकगीत ‘लेकमा नाच्ने डाँफे चरी मधेशमा झ-यो, भेट भा बेलाँ मायासँग हाँसखेल गर्नैप¥यो’ बेनीको बजार, जता माया उतै छ नजर’ तथा पुरानो आधुनिक गीत ‘आगे आगे तोपैको गोला पछि पछि मेसिन गन बरर’ लगायत ‘काले दाइले लगाएको कालै इष्टकोट’, ‘चिया बारीमा’, ‘आमैले भन्थिन् धाराको पानी’ लगायत थुप्रै गीत पनि रिमिक्स गरिएको पाइन्छ । कतिपय गीतमा शब्द र मौलिकता मरेको छैन भने कतिपयमा गीतको भाव र मौलिकता सबै भुलेर नयाँ स्वरुपमा रेकर्ड गरिएको पाइन्छ ।
सङ्गीतकार भूपेन्द्र रायमाझी रिमिक्सका नाममा पुरानो गीतको भाव मर्न नहुने बताउनुहुन्छ । उहाँ भन्नुुहुन्छ, “नेपाली गीत र सङ्गीतलाई बचाइराख्ने प्रमुख आधार भनेकै रिमिक्स हो, तर मनलाग्दी नयाँ सङ्गीत र स्वरुप दिइनु भने राम्रो होइन ।” गीतलाई नयाँ स्वरुप दिँदा केही शब्द तलमाथि हुनु सामान्य भए पनि पूरै गीतको ढाँचा नै परिवर्तन गर्दा त्यसको प्रभाव नकारात्मक हुने उहाँको ठम्याइ छ । पुराना सङ्गीतलाई सबैले सम्मान गर्नु आजको आवश्यकता रहेको उहाँ बताउनुहुन्छ । मौलिक गीतलाई नबङ्ग्याई तीनमा नयाँ सर्जकले त्यसको जगेर्ना गर्नु नै आजको आवश्यकता रहेको नेपाली गीतका विश्लेषक बताउँछन् । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result