Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरीकी राजनीतिमा उदाउदैछन नवीन !

साउन ९, २०८० १२:२१ मा प्रकाशित
अमेरीकी राजनीतिमा उदाउदैछन नवीन !
Share on FacebookShare on Twitter

टेनेसी, अमेरिका
सन १९९२ मा भुटानवाट लखेटिंदा नवीन जम्मा ६ बर्षका मात्र थिए । भुटानको शासकले आफ्नो भूमीमा बस्न नदिएर लखेटेको अनि नेपालमा शरणर्थी जीवन विताएको केटो अमेरिकाको पुरानो र प्रभावशाली रिपब्लिकन पार्टीको सल्लाहकार र सो पार्टीको टेनेसी राज्यको प्रभावशाली ब्यक्ति बन्छ भन्ने शायद धेरैलाई अनुमान पनि थिएन होला । तर तिनै नवीन नेपाल यतिबेला अमेरिकाको राजनीतिमा उदाउदै गएका छन् । शायद उनीलाई पनि अमेरिका गएर राजनीतिमा संलग्न हुन्छु र अमेरिकन विचमा लोकप्रिय बन्छु भन्ने लागेको थिएन ।

भुटानले जवरजस्ती लखेटेका आफ्ना नागरिकलाई फिर्ता लैजान अस्वीकार गरिपछि तेश्रो देशमा पुर्नवास कार्यक्रम अन्तर्गत नवीनको परिवार सन् २००८ मा अमेरिका आएको हो । नेपाली भाषीमाथी भुटानी शासकको बर्बर आक्रमण सम्झदै नवीन भन्छन्, “म त सानै थिए, हामी रुदै गाउ छोडेको याद छ” ।
नेपालमा रहदा शरणर्थी जीवन पनि कष्टकर रहेका बताउदै नवीन भन्छन्, “नेपालमा पनि हामीलाई तिमीहरुको केही छैन, जाने ठाउ छैन” भनेर हेप्ने गरिएको थियो । पछि अमेरिकामा आएर राजनीति माफर्त समाजसेवा गर्ने र समाज बदल्ने विचारले यहाँको राजनीतिमा जोडिएको उनको धारणा छ ।
बुवा रुपनारायण र आमा विष्णुमायाको कोखबाट नवीनको जन्म १९८६ मा भुटानको चिरागं जिल्लाको लामीडाडामा भएको हो ।
आफ्नो स्कुले अध्ययन शरणार्थी शिविरमा नै भएको र अमेरिकामा आएपछि आफूले जिवनलाई पछाडीवाट हेर्न नपरेको नवीन बताउछन् । सन् २०१६ मा अमेरिकी नागरिक बनेपछि टेनेसी राज्यको रिपब्लिकन पार्टीमा आवद्ध रहेका नवीन पार्टीमा चाही डाक्टर योग नेपालका रुपमा परिचित छन् । उनी टेनेसी राज्यका डिस्ट्रीक ५३ का हाउस अफ रेप्रिजेन्टेटिभका उम्मेदवार हुन ।
नवीनले ब्लुलाइन सेक्यूरिटी भन्ने संस्थाको फिल्ड सुपरभाइजरको रुपमा कार्य गरिसकेका छन् भने रिपब्लिकन पार्टीको क्याम्पेन म्यानेजरको रुपमा पनि काम गरिसकेका छन् । तीनवटा सामाजिक संस्थामा संलग्न रहेका छन । उनले पुर्याएको योगदानको कदरस्वरुप १६ बटा अवार्ड र ४६ भन्दा बढी प्रशंशापत्र पाएका उनी बताउछन् ।
छोटो उमेरमा अमेरिकाको रिपब्लिक पार्टीमा उनको बढ्दो लोकप्रियताको कारण गत निर्वाचनमा समेत उनको उम्मेदवारीका चर्चा चलेको थियो । नवीन भन्छन, “आफ्नै देश भुटानमा बस्न पाइएन, नेपालमा शरणर्थी भनेर हेंला र हेपाई खपियो तर अमेरिकामा भने सबैवाट समान खालको ब्यवहार पाएको छु” । अमेरिकामा भने राजनीति र समाज सेवामा आफ्नो बढ्दो उचाईबाट नवीन दंग छन् । भन्छन्, “लक्ष्य त सेनेटर हुने राखेको छु, हेरौ के हुन्छ” ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result