ओकल्याण्ड, क्यालिफोर्निया
नोभेम्वर ८
ओकल्याण्ड सिटी काउन्सिलले बे एरियामा कृयाशील नेपाली समाािजक संस्था ‘मदरल्याण्ड नेपाल’लाई सीटी हलमा आयोजित एक विशेष कार्यक्रममा सम्मान गरेको छ । ओकल्याण्ड सिटी काउन्सिलर जननी रामचन्द्रनले मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेलाई सिटीको तर्फवाट सम्मान गरेकी हुन् । सो समारोहमा बोल्दै सिटी काउन्सिलर जननीले मदरल्उाण्ड नेपालले पुर्याएको योगदानको ओकल्याण्ड सिटीले उच्च मुल्यांकन गरेको बताइन् ।
‘बे एरिया र ओकल्याण्डमा रहेको नेपाली समुदायको उत्थान एवं प्रगतिमा पुर्याएको योगदानको कदर स्वरुप सो सम्मानपत्र प्रदान गरिएको’ उक्त पत्रमा उल्लेख गरिएको छ । ओकल्याड सिटीले ओकल्याण्डमा रहेका एसिया तथा साउथ एसियाका आप्रवासीहरुलाई केन्द्रमा राखेर नोभेम्वर १२ मा दीपावली मनाउने निर्णय पारित गरेको छ भने मदरल्याण्ड नेपाललाई सो कार्यक्रममा मुख्य संस्थाको रुपमा सहभागी गराउने निर्णय गरेको उल्लेख गरेको छ ।
मदरल्याण्ड नेपालले एसिएन तथा नेपाली समुदायमा गरेको कामको सराहना गर्दै यस बर्षको दीवालीमा मुख्य संस्थाको रुपमा रिकग्निशन गरिएको पनि सिटी काउन्सिलको पत्रमा उल्लेख गरिएको छ ।
मदरल्याण्ड नेपाललका अध्यक्ष पाण्डेले सिटी काउन्सिलवाट सम्मान पाउनु संस्थाको लागि गौरवको विषय भएको बताए । ‘मदरल्याण्ड सिटी काउन्सिलवाट रिकग्निशन पाउने पहिलो नेपाली सामाजिक संस्था होला’, -उनले भने । मदरल्याण्ड नेपालले आगामी शुक्रवार ओकल्याण्ड सिटीसंग मिलेर दिवालीको कार्यक्रम गर्ने पनि उनले बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-