Wednesday, May 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिरियाली गृहयुद्ध आठौँ वर्षमा, तीन लाख ५० हजारभन्दा बढी नागरिकको ज्यानगयो, २ करोड विस्थापित

चैत्र १, २०७४ ३:३७ मा प्रकाशित
सिरियाली गृहयुद्ध आठौँ वर्षमा, तीन लाख ५० हजारभन्दा बढी नागरिकको ज्यानगयो, २ करोड विस्थापित
Share on FacebookShare on Twitter

बेरुत, १ चैत / सिरियामा जारी रहेको गृहयुद्ध बिहीबार आठौँ वर्षमा प्रवेश गरेको छ । सन् २०११ को मार्च १५ बाट त्यहाँ राष्ट्रपति बसर अल असदको राजिनामा माग्दै जनआन्दोलन सुरु भएको थियो

तर उक्त आन्दोलनमा सरकारको व्यापक दमन र हिंसाका कारण दुई वर्षमात्र पछि सो आन्दोलन गृहयुद्धकारुपमा परिणत भएको थियो ।

विपक्षी आन्दोलनकारीहरुले पनि सशस्त्र समूहको निर्माण गरेपछि सरकारी र विपक्षी फौजबीच यस्तो युद्ध जारी रहेको छ ।

यसका अतिरिक्त पनि त्यहाँ विभिन्न हिंसात्मक विद्रोही फौज जन्मिएका छन् । केहीलाई अमेरिकाको समर्थन छ भने अरु केहीलाई रुसले पनि सहयोग गरिरहेको बताइन्छ ।

त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न भएको पछिल्लो प्रयास पनि सफल हुन नसकेको बताइएको छ ।

पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ ।

त्यहाँ हाल जारी गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्स बढ्दै गएका छन् । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ५० हजारभन्दा बढी व्यक्ति मारिएका छन् ।

त्यसैगरी लाखौँ घाइते भएका छन् भने अरु लाखौँलाख नागरिक घरबारबिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन् ।

संयुक्त राष्ट्रसंघले पछिल्लो समयमा सार्वजनिक गरेको एक तथ्यांकअनुसार यहाँका करिब दुई करोड व्यक्ति विस्थापित भएका छन् । यो सिरियाको करिब आधाजति जनसंख्या हो ।

संयुक्त राष्ट्रसंघले सिरियामा शान्तिपूर्ण वार्ताको माध्यमबाट जारी हिंसात्मक गतिविधी रोक्ने प्रयास गरिरहेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन ।

झन बढ्यो हिंसा

सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीले बताएअनुसार सिरियामा पछिल्लो समयमा हिंसा थप क्रुर बन्दै गएको छ । पूर्वी सिरियाको गुटा क्षेत्रमा सिरियाली सेनाको अगुवाइमा रहेका सुरक्षाकर्मीले हवाई र स्थलगत कारबाही गरेका छन् ।

सो आक्रमणमा परी १५ दिनमा नै एक हजारजनाभन्दा बढी सर्वसाधारण मारिएका छन् । यहाँ सयौँको संख्यामा बालबालिका मारिएका छन् ।

यो पछिल्लो महिनादिन यताको सिरियाको हिंसा अहिलेसम्मकै सबैभन्दा ठूलो र हिंस्रक रहेको बताइएको छ ।

नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर र नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो ।

मानवअधिकारबादीले मानवीय सहायता पु¥याउन पनि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेकोमा त्यो समेत सम्भव हुन नसकेको बताइएको थियो ।

सिरियाको पूर्वी क्षेत्र गुटास्थित केही भाग विद्रोहीको घेराबन्दीमा रहेकोले उक्त क्षेत्रको अवस्था निकै दयनीय रहेको र त्यहाँ खाद्यान्न, पानी, विजुली तथा अन्य आधारभूत आवश्यकताको पनि ठूलो अभाव रहेको बताइएको छ ।

सिरियाली राजधानी दमासकसको सबैभन्दा नजिकपर्ने क्षेत्रमा विद्रोहीको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र नै गुटा हो । (रासस÷एएफपी)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !
अमेरिका समाचार

अमेरिकामा ‘रजतपट अंकल’लाई भ्याईनभ्याई !

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी
Slider

स्यानहोजे सिटी काउन्सिलमा बाबुप्रसादको उम्मेदवारी

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय
ट्रेन्डिंग न्यूज्

अदालतद्वारा इमरान खानलाई तीन वर्षको जेल सजाय

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

८ अर्ब पुग्यो विश्वको जनसंख्या
ट्रेन्डिंग न्यूज्

८ अर्ब पुग्यो विश्वको जनसंख्या

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result