स्लोभेनिया, १ चैत / स्लोभेनियाका प्रधानमन्त्री मिरो सेरारले बुधबार अबेर प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ ।
कानुनी कमजोरीका कारण मुख्य परियोजना अवरुद्ध भएको केही घण्टापछि उहाँले राजीनामा दिनुभएको अधिकारीहरुले बताएका छन् ।
सरकारको सवै भन्दा ठुलो परियोजनाको रुपमा रहेको रेलमार्ग सम्वन्धी परियोजनामा सर्वोच्च अदालतले कमजोरी देखाएर रोक्न आदेश दिएपछि उहाँले राजीनामाको घोषणा गर्नु भएको हो ।
“जस्ले स्लोभेनीयाको सकारात्मक विकासलाई रोक्न चाहन्थे, तिनीहरूलाई यो परियोजना अवरुद्ध हुदाँ खुशी बनाएको छ, यस्ता घटना अरु नहोउन भन्ने म चाहन्छु,” प्रधानमन्त्री सेरारले भन्नु भएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्ना सत्ता साझेदारहरू प्रति चरम असन्तुष्टी पनि व्यक्त गर्नुभएको छ ।
सत्ता साझेदारको नाम नलिईकन उहाँले आफ्नो गठबन्धन सरकारमा रहेका दलले परियोजनाको महत्व बुझ्न नसकेको र अवमुल्यन गरेको आरोप लगाउनुभयो ।
स्लोभेनीयाको सत्तारुढ गठबन्धनमा सेरारको सेन्ट्रल लेफ्ट पार्टी अफ मोडर्न सेन्टर, सोसल डेमोक्रयाट्स र पेन्सन पाउनेहरूको पार्टी डेसुस रहेका छन् ।
यो गठबन्धन सन् २०१४ को सेप्टेम्बर देखि सत्तामा रहेको थियो । आम निर्वाचन आउन तीन महिना अगाडी उहाँले राजीनामा दिनुभएको हो । बाल्कान राज्यमा आउदो जुन महिनामा आम निर्वाचन हुने अपेक्षा गरिएको छ ।
सेरारको राजीनामा राष्ट्रपति बोरुट पहोरले स्वीकृत गर्दै नयाँ सरकार गठनका लागि आह्वान पनि गरिसक्नु भएको छ ।
उहाँले वर्तमान उपप्रधानमन्त्री पिटर पेलेग्रिनीलाई नयाँ सरकार गठनका लागि बिहीबार आह्वान गर्नु भएको हो । (रासस÷सिन्ह्वा)





प्रतिक्रिया लेख्नुहोस्:-