काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने बताएका छन् ।
उनले शनिबार काठमाडौँ महानगरपालिका वडा नं १० ले यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा यस्तो बताएका हुन् ।
सांसद सिंहले स्थानीय सरकारमार्फत जनताका गुनासा सुनुवाइ गर्ने प्रणालीलाई संस्थागत गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा प्रदेश सरकारका पर्यटन तथा सम्पदामन्त्री दीपेन्द्र श्रेष्ठले, विकास निर्माणमा राज्यको खर्च भइरहने तथा नतिजा नदेखिने प्रणालीमा सुधारको खाँचो रहेकामा जोड दिए।
प्रतिक्रिया लेख्नुहोस्:-