काठमाडौं । विगत केही दिनदेखि नेपालमा कोरोना संक्रमणदर ह्वात्तै घट्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ सय २० वटा नमुना परीक्षण गर्दा ९१ संक्रमित फेला परेका हुन्
त्यसैगरी, यसअवधिमा ३ सय ६२ संक्रमित निको भएका छन् । हाल ६ हजार ९ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् भने यस अवधिमा कोरोनकाकै कारण कसैको मृत्यु भएको छैन ।
प्रतिक्रिया लेख्नुहोस्:-