Monday, July 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बेनी–दरवाङको वैकल्पिक सडक प्रयोगमा ल्याइने

चैत्र ६, २०७४ ४:२६ मा प्रकाशित
Share on FacebookShare on Twitter

बबियाचौर, म्याग्दी, ६ चैत

म्याग्दीको बेनी–दरवाङ सडक स्तरोन्नतिका लागि बेनीदेखि चुत्रेनी खण्डमा वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ ।
दिउँसोको समयमा सवारी सञ्चालनसँगै सडक फराकिलो बनाउने काम गर्दा जोखिम र काम प्रभावित बनेपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सडक डिभिजन कार्यालय, यातायात व्यवसायी र निर्माण कम्पनीका प्रतिनिधि तथा सरोकारवालाको सोमबार बसेको बैठकले मंगलबारदेखि नै बेनीदेखि चुत्रेनी खण्डको सडक दिउँसो बन्द गरेर निर्माणको काम गर्ने निर्णय भएको हो ।
हाल प्रयोग भइरहेको सडक दिउँसोको समयमा बन्द गरेर मंगलाघाट, डम्मरा हुँदै चुत्रेनी जोड्ने वैकल्पिक सडकबाट बेनी दरवाङ सडकमा आवतजावत गर्ने सवारी साधन सञ्चालन गरिने प्रजिअ अधिकारीले बताउनुभयो । मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक कालोपत्रेका लागि सञ्चालित आयोजनाको काम सुस्त बनेपछि निर्माण व्यवसायीको मागअनुसार सवारी साधन रोकेर काम गर्ने वातावरण मिलाइएको छ ।
चौध किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्रे गर्न गत साउनमा सडक डिभिजन कार्यालय र ठेकेदार कंपनी लामा समानान्तर जेभीबीच करिब रु ४४ करोडमा ठेक्का सम्झौता भएको थियो । हालसम्म प्राविधिक, व्यवस्थापकीय र निर्माण सामग्री जुटाउन तयारी गरिएको बताउँदै निर्माण कम्पनीका इञ्जिनियर सुधन राउतले मजदूर र उपकरणको संख्या बढाएर कामलाई तीव्रता दिन लागिएको जानकारी दिनुभयो । एघार मिटर फराकिलो हुने सडकको सात मिटर चौडाइमा कालोपत्रे गरिने भएको छ । पहिलो चरणमा बेनीदेखि बाबियाचौरसम्मको सडक कालोपत्रे हुनेछ भने त्यहाँदेखि दरवाङसम्मको कालोपत्रेका लागि अर्को चरणमा गर्ने कार्यालयकोे तयारी छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result