Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पिपल्स हाइड्रोले चीनबाट रु नौ अर्ब लगानी भित्र्याउँदै

चैत्र ११, २०७४ २:०५ मा प्रकाशित
पिपल्स हाइड्रोले चीनबाट रु नौ अर्ब लगानी भित्र्याउँदै
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ चैत / पिपल्स हाइड्रो लिमिटेडले चीनबाट रु नौ अर्ब रकम जलविद्युत् आयोजनाका लागि भित्र्याउने भएको छ ।

कम्पनीले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु) ले करीव नौ अर्ब रकम खिम्ती दुई जलविद्युत् आयोजनामा लगानी गर्न लागेको हो ।

कूल ४८.८० मेगावाट क्षमताको सो आयोजना २०७८ असारमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत रु १० अर्ब रहेको छ । चीनबाट भित्रिने रकमबाहेक अरु रकम भने प्रवद्र्धक पिपल्स हाइड्रोले स्वपूँजीमार्फत लगानी गर्नेछ ।

चिनियाँ कम्पनीले इञ्जिनियरिङ, प्रोक्युरमेन्ट, कन्स्ट्रक्सन र फाइनान्स (इपिसिएफ) ढाँचामा निर्माण गर्नेछ । उक्त कम्पनीले आयोजना निर्माण सम्पन्न भएको ७०० दिनभित्र आफ्नो लगानी फिर्ता लैजाने गरी सहमति भएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

दोलखा र रामेछापको जिरीखिम्ती भन्ने स्थानमा बाँध बाँधेर कूल ६.६ किलोमिटर लामो सुरुङमार्फत खिम्ती आयोजनाको बाँधस्थल नजिक निर्माण हुने विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको देवीटार सवस्टेशनमा जोडिनेछ ।

आयोजनाको हाल पहुँच मार्ग, आवासस्थल निर्माण तथा निर्माणका लागि आवश्यकपर्ने विद्युत् जोड्ने प्रसारण लाइन निर्माणको काम भइरहेको आयोजना प्रमुख रामहरि शर्माले जानकारी दिनुभयो ।

नेपालका जलविद्युत् आयोजनामा इपिसिएफ ढाँचामा निर्माण गर्न लागिएको यो पहिलो परियोजना हो । यसअघि बूढीगण्डकी जलविद्युत् आयोजनासमेत यही ढाँचामा निर्माण गर्न खोजिएको थियो । विवाद उत्पन्न भएपछि बूढीगण्डकी सरकार आफैँले निर्माण गर्ने निर्णय गरिसकेको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी वैशाखदेखि आयोजनाको निर्माण शुरु हुनेछ । चिनियाँ कम्पनीले निर्माण शुरु गरेको तीन वर्षभित्र आयोजना सम्पन्न गर्नेछ ।

शुरुमा सहकारीको ढाँचामा आयोजना निर्माण गर्न खोजिए पनि सहकारीलाई कम्पनी रजिस्ट्रार कार्यालयमासमेत दर्ता नहुने र धितोपत्रको कारोबारसमेत नहुने भएपछि कम्पनी बनाइएको पिपल्स हाइड्रोका कार्यकारी अध्यक्ष आचार्यले बताउनुभयो ।

नेपालको जलविद्युत् आयोजना निर्माणमा नयाँ खालको ढोका खुलेको जानकारी दिँदै उहाँले अरु आयोजनासमेत आगामी दिनमा यही ढाँचामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोजनाको वित्तीय व्यवस्थापन यसअघि नै भएको थियो । सानिमा बैंकको नेतृत्वमा अन्य नौवटा बैंकले आयोजनामा लगानी गर्ने सहमति गरेका थिए । तर बैंकमा देखिएको तरलता अभावका कारण तत्काल रकम उपलब्ध गराउन नसक्ने भएकाले वैकल्पिक उपाय अपनाइएको कम्पनीले जानकारी दिएको छ ।

आयोजना सम्पन्न भएपछि मात्रै बैंकसँग ऋण लिइने र चिनियाँ कम्पनीलाई भुक्तानी दिइने कार्यकारी अध्यक्ष आचार्यको भनाइ छ । आयोजनाबाट हिउँदमा ४० गिगावाट घण्टा ऊर्जा उत्पादन गर्नेछ भने वर्षाकालमा २२३ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ ।

प्रवद्र्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षाकालमा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता भइसकेको छ ।

सो कम्पनीले यसअघि रुदी ए ८.८ मेगावाट र रुदी बी ६.६ मेगावाट क्षमताका दुई आयोजना निर्माण सम्पन्न गरिसकेको छ । रासस

सम्बन्धित समाचार

मंगलबार ५३ अंकले बढ्यो नेप्से
अर्थ/वाणिज्य

झिनो अंकले बढ्यो नेप्से

भन्सार कर्मचारीलाई सदाचार बन्न अर्थमन्त्री पौडेलको आग्रह
अर्थ/वाणिज्य

भन्सार कर्मचारीलाई सदाचार बन्न अर्थमन्त्री पौडेलको आग्रह

पेट्रोलियम पदार्थमा फेरि मूल्यवद्धि
अर्थ/वाणिज्य

पेट्रोलियम पदार्थखुला रूपमा बिक्री वितरण नगर्न निगमको निर्देशन

रोकिएन सेयर बजारमा गिरावट
अर्थ/वाणिज्य

सेयर बजारमा दोहोरो अंकको गिरावट, झण्डै ४ अर्बको कारोबार

कार्यदलले भोलिसम्ममा साझा कार्यक्रमको मस्यौदा शीर्ष नेतालाई बुझाउने
अर्थ/वाणिज्य

रेमिट्यान्सलाई थप व्यवस्थित गर्न सरकार तयार छ : अर्थमन्त्री पौडेल

बैंकको ऋण लिएपछि सडक आन्दोलन गर्नु अराजकता हो : गभर्नर अधिकारी
अर्थ/वाणिज्य

बैंकको ऋण लिएपछि सडक आन्दोलन गर्नु अराजकता हो : गभर्नर अधिकारी

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.