काठमाडौं । बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । आज नेप्से १० अंकले घटेको हो ।
नेप्सेका अनुसार आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर ४४ हजार २४९ पटक खरीदबिक्रीबाट हुँदा दुई अर्ब २३ करोड ५४ लाख ८५ हजार ५३४ रुपैयाँ बराबरको कारोबार भएको छ।
उत्पादन तथा प्रशोधन समूह ०.९१ प्रतिशतले बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै वित्त समूह १.७२ र व्यापार समूह १.६० प्रतिशतले घटेका छन्।
आजको कारोबारमा सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनी छन्। उक्त संस्थाको शेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-