काठमाडौं । केही दिनदेखि घट्दै गएको सेयर बजार मंगलबार पनि झिनो अंकले घटेको छ । आज नेप्सेमा १.८५ अंकले कमी आएको हो । नेप्सेका अनुसार आज २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार गुराँस लघुवित्तीय वित्तीयको सेयर १० प्रतिशतले बढ्दा गणपति लघुवित्त वित्तीय संस्थाको सेयर ९.९५ प्रतिशतले बढ्यो। नयाँ अर्थमन्त्री बनेसँगै शेयर बजार बढ्ने आकलन गरिए पनि बजारले अझै उकालो यात्रा तय गर्न सकेको छैन।





प्रतिक्रिया लेख्नुहोस्:-