समाज शास्त्री भन्दछन,” सबै सफल मानिस असल हुदैनन , सबैअसल मानिस सफल हुन्दैनन” यो तथ्यता भित्र व्यक्तिको नैतिकता, शिक्षा अनि व्यवहारले भूमिका खेलेको हुन्छ दुःखको कुरो के भने यो मापन मानिसको अन्तिम अवस्थामा मात्र हुन्छ जून बेला ढिला भै सकेको हुन्छ कीनकी बाचुन्जेल त उसले समाजमा खेल खेली नै राखेको हुन्छ । हामी देख्दछौ एकातिर प्रत्येक दिन कियौ भौतिक सुविधा र जीवनलाई सरल र सहज बनाउने यन्त्रहरूको विकास भै राखेको छ । अर्को तीर बिकराल रूपमा अभाव र मानसिक चिन्ता पनि बढ़ाई राखेको छ । जीवनको अंतहीन दौड़मा आफू अनुकूल उपलब्धि प्राप्त गर्न मानिस मेसिन झैँ कुदी नै रहेको छ ।
‘ शारीरिक सुख ( सुविधा ) र मानसिक खुसी ‘ दुई यस्ता बस्तु हुन जो विरलै सँगै हिडने गर्छन् । सुखको आधार सम्पत्ति हो भने ख़ुसिको आधार शान्ती र आनन्द हो । सम्पत्तिलाई निश्चित र सीमित दायरामा ( मापन ) राखी खुसी हुनेहरू संसारमा भेट्न गार्हो छ । आजको हाम्रो समाजले बिध्यमान पर्तिस्पर्धात्मक जीवनलाई सफल पार्ने आधार शिक्षालाई मानेको छ जून स्वभाबिक हो । अनि नानीहरूलाई बढ़ी प्रचारमुखी र वैदेशिकमुखी पर्तिस्पर्धामा रहेका स्कुल कलेजमा भर्ना गरी दिएर उनीहरूको भविष्य सुखी होस भन्ने कामना अनि आशा गर्दछन् । तर बहुत कम मानिसले सोचेको तर कसैले न सुनी दिएको विषय के भने ‘ अंग्रेजी मा पोख्त र उच्च प्रमाण पत्र नै मानिसको बौद्धिक खुराकको प्रमाण होइन ।” मैले आज उठाउन लागेको प्रसङ्ग गुम्दै गएको आफ्नोपनको कुरो हो । शिक्षालाई ब्याबसयिकरण र आत्म निर्भरको लागी मात्र प्रयोग गर्दा समाज र राष्ट्र प्रतिको दायित्व महसुस गर्ने नागरिकको अभाव हुन गै भविष्यमा राज्य संचालनमा समेत योग्य व्यक्तित्वको खडेरी पर्ने अवस्था आउनेछ ।
हुन त नेपालीहरूको मुग्लान( विदेश ) पस्ने र पारिवारिक पीड़ा भोग्ने मार्मिक कथाको सिलसिलालाई महाकवि लक्ष्मी प्रसाद देवकोटाले आफ्नो अमर कृति ” मुना मदन ‘ मार्फ़त प्रस्तुत गरी सकेका हुन । त्यों शृङ्खलाले झंन भयाबह रूप लिएको अवस्था छ अहिले । दुई दशक अगाडीसम्म उच्च शिक्षा हासिल गर्ने अनि सरकारी नोकरी गरेर देश सेवा गर्ने व़ा आफ्नो आवश्यकतालाई परिपूर्ति गर्नेहरूको बहुमतीय पर्तिस्पर्धा हुन्थ्यो । आज पनि अन्य देशमा सरकारी नोकरी गर्नुलाई गर्व कै रूपमा हेरिन्छ । विदेशमा सरकारी नोकरी पाउँदा प्रतिष्ठित भएको महसुस गर्नेहरू धेरै छन् । तर नेपालमा युवा पीढ़ीले सरकारी नोकरीलाई तुच्छ ठान्ने प्रब्रिती बढेको छ । सेना प्रहरी जस्ता नोकरी प्राथमिकतामा पर्न छोड़ेका छन् । आज शतप्रतिशत युवाहरूको लक्ष उच्च अंकमा उत्तीर्ण हुने र विदेश जाने मात्र देखिन्छ । गरिब, धनी, साधारण देखि वरिष्ठ नागरिकहरू आफ्ना सन्तानलाई शिक्षा होस की रोजगारीमा विदेश धकेल्न नै संघर्षरत् छन् । जहाँ सुखको भ्रमपूर्ण कथाहरू रचिएका छन् त्यही पारिवारिक बिच्छेद , पीड़ा , अनि नेपालीपनमा हार्स्ह र चिन्ताक़ा भबसागर स्रीजना भै राखेका छन् ।
समाजमा आज संयुक्त परिवार , स्नेहयुक्त पारिवारिक वातावरण , साथी-संगती बिचको हातेमालो टाढा भएको छ । अझ कतिपय अबिभाबकको बध्यात्मक परिस्थितिले छोराछोरीलाई सानो उमेर देखि नै बोर्डस गर्नु पर्दा प्रिय अबिभाबक र सन्तानबिच हुनुपर्ने पारस्परिक बात्सल्यपूर्ण वातावरणको अभाव बढेको छ । जसको कारण सन्तानहरू अबिभाबकको हातबाट अनि अपनत्वबाट टाढा हुदैछन । आमा बाबुको सामीप्यता र माया अनि गुरुको नैतिक मूल्यको शिक्षाले मात्र एउटा असल विद्यार्थी व़ा नागरिक उत्पादन हुन सक्छ । शिक्षाको अर्थ ब्याबसयिक क्षमता निर्धारण गर्ने , डा , प्राध्यापक व़ा इन्जिनियर को प्रमाण पत्र थाप्नु मात्र होइन एउटा जिम्मेवार असल नागरिक बन्नू पनि हो । जून सत्कार्यमा हाम्रो समाज पछाड़ी पर्दै गएको छ। आज को शिक्षाले मनको भावना र पबित्रताको कुनै स्थान दिएको छैन , मानवीय मूल्य र मान्यता को वातावरण बनाएको छैन आयातित शिक्षा र संस्कृतिको प्रभाव बढेको हुँदा आफ्नोपनबाट बिस्तारै परदेशीपनमा झांगी राखेका छौ-थैंक्स र सॉरी को । औपचारिकताको सीमिततामा हामी पुग्दै छौ । परिवेश एउटा छ, शिक्षा अर्काको भाषा अर्काको थोपरी दिए पछि सबै प्रकारको आफ्नोपनबाट युवापीढ़ी टाढा हुँदै गएको छ ।
उच्च शिक्षा , अनि रोजगारी को अवसर को बहाना मा बिदेशिने यो क्रम ले अब त देश को रक्षा को लागी कोही पनि चिन्तित र जिम्मेवार नै छैन की क्या हो भन्नु पर्ने अवस्था आई लाग्दै छ । ‘ एक सम्पन्न नागरिक को साथ साथै एक असल समाज सेवी नागरिक को देश लाई खाँचो छ ‘ देश ले के दियो भन्ने होइन मैले के दिए भनी सोचने नागरिक ” को खाँचो छ । हामीले दिने शिक्षा ले जिम्मेवारी र उत्तरदायित्व प्रति सचेत नागरिक उत्पादन गर्नु परेको छ । अन्यथा संतति हरू पारिवारिक र जन्म भूमि को आफ्नो पनबाट अपहरित हुँदै जाने छन् , भाषा र संस्कृति बाट टाधिदै जाने छन् ।
यहाँ एउटा प्रसङ्ग जोड्नु प्रासंगिक होला ‘ मानिसलाई शिक्षा र सम्पत्तिको उचाइमा समाजले नाप्दैन ‘ जस्तो खजूरको बोट अग्लो त हुन्छ त्यसले गर्मीमा मानिसलाई शीतल दिँदैन त्यसै गरी मानिस को शिक्षा पद र सम्पत्तिलाई होइन उसले समाजलाई पुर्याएको योगदान को मात्र समाज ले नापेको इतिहास साक्षी छ । प्रत्येक व्यक्ति देशको सम्मानित नागरिक हुन सेवा गर्न चाहन्छ तर त्यस्तो वातावरण स्रीजना गरी आफ्नो परिवेश र अपनत्वमा गर्व गर्ने बनाउन सोच्ने दायित्व कसको ? राज्य सञ्चालक को की व्यक्ति स्वयम् को ?
प्रतिक्रिया लेख्नुहोस्:-