Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तराई र हिमालमा बढ्यो मूल्यवृद्धि, काठमाडौँमा कम

चैत्र ३०, २०७४ १:४३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ३० चैत / पछिल्लो महिनामा हिमाल र तराईमा मूल्यवृद्धि बढेको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महिनाको समग्र आर्थिक विवरणमा क्षेत्रगत उपभोक्ता मुद्रास्फीति काठमाडौँ उपत्यकामा कम देखिएको छ । तराई र हिमालमा भने बढी देखिएको छ ।

क्षेत्रगत आधारमा हेर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति तराईमा ६.३ प्रतिशत, हिमालमा ६.० प्रतिशत, पहाडमा ५.६ प्रतिशत र काठमाडौँ उपत्यकामा ४.५ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर तराईमा २.८ प्रतिशत, हिमालमा ३.७ प्रतिशत, पहाडमा ५.९ प्रतिशत र काठमाडौँ उपत्यकामा १.९ प्रतिशत रहेको थियो ।

यस्तै २०७३ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.९ प्रतिशत रहेकामा २०७४ फागुन महिनामा सो मुद्रास्फीति ६.० प्रतिशत कायम भएको छ ।

तरकारीको भाउ बढ्यो

पछिल्लो विवरणअनुसार तरकारीजन्य वस्तुको मूल्यमा आएको वृद्धिका कारण समग्र मुद्रास्फीति बढ्न गएको हो । आठ महिनाको औसत उपभोक्ता मुद्रास्फीति भने ४.० प्रतिशतमा नै रहेको छ । खाद्य मुद्रास्फीति २०७४ फागुन मसान्तमा खाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्ष उक्त मुद्रास्फीति ०.४ प्रतिशतले ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा मूलतः तरकारीजन्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो ।

गैरखाद्य मुद्रास्फीति समीक्षा अवधिमा गैरखाद्य मुद्रास्फीति ६.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ५.६ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गतको शिक्षा, घरायसी सामान तथा सेवालगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा बढी रहेकाले गैरखाद्य मुद्रास्फीति बढ्न गएको हो ।

चालू आवको आठ महिनासम्ममा कूल वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भई रु ५३ अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.८ प्रतिशतले वृद्धि भएको थियो । सो अवधिमा भारततर्फ ९.८ प्रतिशत, चीनतर्फ ६२.० प्रतिशत र अन्य मुलुकतर्फ ९.१ प्रतिशतले निर्यात बढेको छ ।

अलैँची, जुटको बोरा, धागो, पोलिस्टरलगायत वस्तुको निर्यात बढेको छ भने जिआई पाइप, जुस, ऊनी गलैँचा, पस्मिनालगायत वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कूल वस्तु आयात २२.१ प्रतिशतले बढेर रु सात खर्ब ६७ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४४.२ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २२.३ प्रतिशत, चीनबाट भएको आयात २२.२ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २१.३ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा सो अवधिमा पेट्रोलियम पदार्थको आयात रु एक खर्ब ६० करोड, खाद्य पदार्थ तथा जीवित जनावर रु ९७ अर्ब पाँच करोड र यातायातका साधन तथा पार्टपूर्जाको आयात रु ८४ अर्ब ९१ करोड पुगेको छ ।

भन्सार नाकाका आधारमा वीरगञ्ज, कृष्णनगर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको छ । सो अवधिमा कूल वस्तु व्यापार घाटा २३ प्रतिशतले बढेर रु सात खर्ब १३ अर्ब ९३ करोड पुगेको छ । सो अवधिमा निर्यात–आयात अनुपात ७.० प्रतिशत कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ७.७ प्रतिशत रहेको थियो ।

चार खर्ब ७१ अर्ब विप्रेषण आप्रवाह

चालू आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले वृद्धि भई रु सात खर्ब ७१ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले बढेको थियो ।

यस्तै खुद ट्रान्सफर आयमा भने ०.७ प्रतिशतले कमी आई रु पाँच खर्ब ३९ अर्ब १९ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८.४ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या सो अवधिमा ५.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ७.१ प्रतिशतले घटेको थियो ।

विदेशी सञ्चिति घट्यो

राष्ट्र बैंकका अनुसार २०७४ असार मसान्तको रु १० खर्ब ७९ अर्ब ४३ करोड रहेको कूल विदेशी विनिमय सञ्चिति २०७४ फागुन मसान्तसम्ममा २.८ प्रतिशतले कमी आई रु १० खर्ब ४९ अर्ब २२ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७४ असार मसान्तको रु नौ खर्ब २७ अर्ब २७ करोडको तुलनामा २०७४ फागुन मसान्तमा ०.७ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ३३ अर्ब ५० करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७४ असार मसान्तमा रु एक खर्ब ५२ अर्ब १७ करोड रहेकामा २०७४ फागुन मसान्तमा २३.९ प्रतिशतले कमी आई रु एक खर्ब १५ अर्ब ७३ करोड पुगेको छ । फागुन मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको छ । रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result