अमेरिका, २० अप्रिल/ अमेरिकाको टेक्सासका सञ्चारकर्मी किशन रेग्मीले गायिका श्रुती योगीसँग मिलेर “कान्छी हे कान्छी” बोलको गीत अप्रिल २०, २०१८ मा प्रिमियर गरेका छन् । अमेरिकामा बस्ने उद्धव सिलवाल निर्माता रहेको गीतको भिडियो अप्रिल २० शुक्रवार विश्वभर एकसाथ रिलिज गरिएको छ ।
उनले टेक्ससको स्थानीय स्टुडियोमा गीत रेकर्ड गराएर ड्वेट भर्सनका लागि नेपाल पठाएका थिए । समय सान्दर्भिक उक्त गीतको भिडियो उद्धव सिलवाल प्रोडक्सन र युएस मिडिया नेटवर्कको सहकार्यमा तयार पारिएको हो ।
आम दर्शकलाई मध्यनजर गर्दै युवापूस्ताका प्रेम र रोमान्सलाई श्रब्यदृष्य भिडियोमा समेटिएको छ । गीतका शब्द प्रल्हाद रिजालले लिपिबद्ध गरेका हुन भने एसडी योगीले कर्णप्रिय सङ्गीत भरेका छन् । कान्छी हे कान्छीलाई निर्देशक प्रकाश धितालले कलात्मक रूपले भिडियोमा उतारेका छन् । मोडल शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईको संयोजनले गीत अझ उत्कृष्ट बनेको छ । ललितपुरको गोदावरी रिसोर्टमा छायाङ्कन गरिएको उक्त गीतलाई उत्सव दाहालले खिचेका हुन भने सुरेन्द्र बसेलले कोरियोग्राफी गरेका हुन् । गीतले युवापुस्ता र अहिलेको माया प्रेमलाई मिठास ढङ्गले प्रस्तुत गरेको निर्माता उद्धव सिलवालले उल्लेख गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-