Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सही बिलबिजक जारी गर्न आग्रह

बैशाख १०, २०७५ ३:४२ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १० वैशाख /आर्थिक विकासको आधार तयार गर्न सरकारले आफ्नो पुरानो सोच तथा नीतिमा व्यापक सुधार गर्नुपर्नेमा उद्यमी तथा निजी क्षेत्रका व्यवसायीले जोड दिएका छन् ।

नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘आगामी वर्षको बजेट र राजस्व नीति तर्जुमा गर्ने सन्दर्भमा व्यवसाय सञ्चालनका चुनौती’ विषयको अन्तरक्रियामा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले सरकारले देशको आर्थिक विकासका लागि आधारशिला तयार पार्न व्यापक सुधारको योजना अघि सारेको उल्लेख गर्दै निजी क्षेत्रसँग हातेमालो गरेर देशको आर्थिक विकास गर्न सरकार लागिपरेको बताउनुभयो ।

उहाँले वस्तु बिक्री गरेपछि व्यापारीले सही बिलबिजक जारी गर्नुपर्ने र सरकारको राजस्व संकलनमा छली गरी आफू मात्र धनी हुने मानसिकता त्याग्नुपर्ने बताउनुभयो । सचिव ढुंगानाले भन्नुभयो, “अबको वित्त संरचना संकुचित हुँदैन । नेपाल ‘नन ब्राण्डेड सामान डम्पिङ’ गर्ने थलो होइन । यस कुरामा निजी क्षेत्रको ध्यान जानुपर्छ ।”

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीलाई ‘स्टक डिक्ल्यर’ गर्ने मौका दिनुपर्नेमा जोड दिँदै व्यवसायीको कारोवार मूल्यलाई सरकारले मान्यता दिनुपर्ने बताउनभयो ।

भन्सार विभागका महानिर्देशक तोयम रानाले विश्व व्यापार सङ्गठनले तीन महिनाभित्र आयात गरेका वस्तु तथ्याङ्कमा राख्ने प्रावधान रहेको जानकारी दिँदै देशको आर्थिक विकास गर्न व्यवसायीलाई वस्तु बिक्री गरेको बिल सही तयार गरी राजस्व असुलीलाई सबल बनाउन आग्रह गर्नुभयो ।

तयारी पोशाक उद्योग संघका कावा अध्यक्ष इमानसिंह लामाले सरकारको गलत नीतिका कारण नेपाली तयारी पोशाकको निर्यात घट्दै गएको बताउँदै पाँच वर्ष अगाडिसम्म रु १२ अर्बदेखि १५ अर्बसम्मको तयारी पोशाक निर्यात हुँदै आएकामा हाल रु पाँच अर्बमा झरेको जानकारी दिनुभयो । औषधि व्यवसायी संघका महासचिव हरि बिंडारीले औषधिमा पाँच प्रतिशत करलाई घटाएर तीन प्रतिशत गरी जनतालाई सहुलियत दिनुपर्नेमा जोड दिनुभयो ।रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result