मानागुवा, ११ वैशाख / निकारागुवामा राष्ट्रपतिविरुद्ध भएको आन्दोलनका क्रममा भएका हिंसामा परी मृत्यु हुनेको संख्या कम्तीमा २७ पुगेको छ ।
निकारागुवामा विगत एक हप्तादेखि राष्ट्रपति डानियल ओर्टेगाविरुद्ध भइरहेको आन्दोलनमा हिंसाका घटना हुनथालेका छन् ।
आन्दोलनकारीले ७२ वर्षीय वामपन्थी नेता र उहाँकी श्रीमती तथा उपराष्ट्रपति रोसारिओ मुरिल्लो विरुद्ध चर्को आक्रोस पोखेका छन् ।
आन्दोलनका क्रममा पसल तथा घरहरु तोडफोड लुटपाट हुनुका साथै हिंसात्मक आक्रमण भएका छन् ।
सामाजिक सुरक्षा सुधारसम्बन्धी नयाँ कानूनको विरोधमा सुरु भएको आन्दोलन राष्ट्रपति ओर्टेगाले कानुन फिर्ता लिँदासमेत आन्दोलन रोकिएको छैन ।
सडक आन्दोलनमा विद्यार्थीहरुको सहभागीता बढ्दै गएपछि आन्दोलनकारी, प्रहरी, विभिन्न समूहका बीचमा छुट्टा छुट्टै हानाहान भएका छन् ।
झडपका क्रममा ढुङ्गामुढा, चक्कुलगायतका हतियारको प्रयोग भएको समाचारमा जनाइएको छ ।
अन्य पक्षको घुसपैठ र बहुपक्षीय झडप भएपछि प्रदर्शन कसैको नियन्त्रणभन्दा बाहिर गएपछि थप त्रास फैलिएको छ ।
ओर्टेगाले आन्दोलनकारीलाई वार्तामा आउन पटकपटक आग्रह गरेपनि प्रदर्शनको नेतृत्व गर्दै आएका नेताले भने सरकारले विपक्षीमाथि दमन रोकेपछि मात्रै वार्तामा बस्ने अडान लिएका छन् ।
गत बुधबार पेन्सन र सामाजिक सुरक्षा भत्ता कटौतीको घोषणा सोमबार फिर्ता लिनुभएको थियो । ’आइएनएसएस’ भनि नामाकरण गरिएको उक्त आदेशले मूख्यरुपमा निवृत्तिभरणमा प्रभाव पार्ने बताइएको छ । (रासस÷एएफपी)
प्रतिक्रिया लेख्नुहोस्:-