Monday, May 29, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुख्यमन्त्री पौडेल : भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यक

बैशाख १४, २०७५ १२:५९ मा प्रकाशित
मुख्यमन्त्री पौडेल : भवन निर्माणका लागि नयाँ ऐन कानून आवश्यक
Share on FacebookShare on Twitter

हेटौँडा, १४ वैशाख / प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ ऐन कानून तर्जुमा गर्न सरकार अहिले जिम्मेवार हुनेछ भन्नुभयो ।

मुख्यमन्त्री पौडेले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण काठमाडौँद्वारा आज यहाँ आयोजित प्रदेश नं ३ स्तरीय पुनःनिर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रभावित क्षेत्रका जनतालाई तत्काल भवन निर्माण गर्ने क्रममा प्राधिकरणबाट भएका ढिलासुस्तीलाई आत्मसमीक्षा गरी वास्तविक भूकम्पबाट पीडित जनताको तथ्याङ्क संकलन गर्न स्थानीय निकायका निर्वाचित जनप्रतिनिधिलाई जिम्मेवार बनाइनु पर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नो भूमिकालाई छिटो छरितोका साथै आर्थिक पारदर्शीताका साथ जनतालाई तत्काल सहयोग उपलब्ध गराई भवन निर्माण कार्यलाई तीव्रता ल्याउन प्रदेशस्तरीय सरकारलाई समन्वय, सहकार्य गर्न आवश्यक रहेको छ भन्नुभयो ।

सो अवसरमा प्रदेश नं ३ प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले तीन वर्षअघिदेखि भूकम्पबाट प्रभावित जनतालाई आवास निर्माणमा पुनःनिर्माण प्राधिकरण र संघीय केन्द्रीय सरकारबाट हुँदै आएको कार्यसम्पादनलाई सम्बन्धित प्रदेशसभा र प्रदेश सरकारको तर्फबाट गर्ने गरी आवश्यक ऐन कानून पारित गरिने बताउनुभयो ।

उहाँले भूमिहीन र ऐलानी जग्गामा बसेका जनतालाई कुनै प्रमाण पुग्ने जग्गाको प्रमाणपत्र उपलब्ध गराएर सरकारले दिँदै आएको अनुदान र सेवा उपलब्ध गराउन पुनःनिर्माण प्राधिरणलाई आग्रह गर्नुभयो ।

सो अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारिणी अधिकृत युवराज भुसालले प्राधिकरणले हालसम्म भूकम्पबाट पीडित जनताका लागि गरिएका कामको विवरण प्रस्तुत गर्दै आर्थिक अनुशासन पारदर्शीताका साथै पीडित परिवारलाई अनुदान रकम, सेवा, सुविधा उपलब्ध गराइएको उल्लेख गर्दै अहिले सार्वजनिक विद्यालय, राष्ट्रिय महत्वका सम्पदाको पुनःनिर्माणका लागि सम्बन्धित प्राविधिक जुटिरहेको र छिट्टै निर्माण कार्य सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले निर्देशन दिएको जानकारी दिनुभयो ।

त्यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका उपसचिवद्वय मनोहरप्रसाद घिमिरे र कृष्णकुमार भूषणले प्राधिकरणबाट भएका निर्माण कार्यका प्रगतिका बारेमा छुट्टाछुट्टै तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । सो छलफल कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री, मन्त्री, प्रदेश नं ३ का प्रदेशसभाका सदस्य र जिल्ला समन्वय समिति, नगरपालिका प्रमुख उपप्रमुखको सहभागिता रहेको थियो । रासस

सम्बन्धित समाचार

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Breaking News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

राजस्व बढाउन अनौपचारिक च्यानलबाट  आइरहेको सामानमा थप कडाई गर्नुपर्छ :अर्थमन्त्री महत

आर्थिक नीति निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि हुनेगरी तर्जुमा गर्ने अर्थमन्त्री महतको प्रतिवद्धता

मन्त्रीलाई अत्यावश्यक बाहेकका वैदेशिक भ्रमणमा रोक

व्यक्तिले गरेको गल्तीको कारण सिंगो प्रणालीलाई नै दोष दिन मिल्दैन : मन्त्री शर्मा

एमाले देश बनाउने म्याराथन दौडमा छ : अध्यक्ष ओली

साहस र संकल्प लिए असम्भव कुरा पनि गर्न सकिन्छ : अध्यक्ष ओली

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैद सजाय सदर

रेशम चौधरीको कैद मिनाहा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.