Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विदेशी भिसा त्यागी युवा च्याउखेतीतर्फ आकर्षित

बैशाख १५, २०७५ ११:३४ मा प्रकाशित
विदेशी भिसा त्यागी युवा च्याउखेतीतर्फ आकर्षित

ljb]zL le;f TofuL o'jf Rofpv]tLtkm{ cfslif{t uGofkw'/f ufpFkflnsf–! efTsf8fdf :yfgLo o'jfn] ;~rfng u/]sf] Rofpv]tL . ljb]z hfg nfu]sf] le;f TofuL Rofpv]tLdf nfu]sf :yfgLo o'jfn] dfl;s ?= Ps nfv %) xhf/ eGbfa9L cfDbfgL ub}{ cfPsf 5g . tl:a/M wgaxfb'/ e08f/L, 88]Nw'/f, /f;;

Share on FacebookShare on Twitter

डडेल्धुरा, १५ वैशाख/ अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।

च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्थानीय बजारदेखि जिल्ला सदरमुकाममा बिक्री गरिरहेको च्याउखेतीमा लागेका गन्यापधुरा–१ अशिग्राम, भात्काडाका खेमराज जोशीले बताउनुभयो ।

दैनिक करीब १०० किलोग्राम च्याउ बिक्री गर्दा १५ हजारभन्दा बढी आम्दानी हुने गरेको उद्यमी जोशीले जानकारी दिनुभयो । त्यसैगरी गन्यापधुरा गाउँपालिका–२ वडालमा च्याउखेती गरिरहेका हिरा भण्डारीले पनि दैनिक रु १० देखि १२ हजारसम्मको च्याउ बिक्री गरिरहेको बताउनुभयो ।

गन्यापधुरा गाउँपालिकाको भाँतकाडामा जमिन भाडामा लिई खेमराज जोशीले स्थानीय युवासँगको साझेदारीमा दुई वटा ठूला टनेल निर्माण गरी च्याउ खेती शुरु गरेका छन् भने गन्यापधुरा गाउँपालिका–२ वडालमा जमिन भाँडामा लिई हिरा भण्डारीले स्थानीयवासी युवासँगको साझेदारीमा च्याउ खेती शुरु गरेका छन् ।

विदेश जानका लागि राहदानी बनाइ ठिक्क परेका यी चारैजना युवा आजभोलि च्याउ खेतीबाट विदेशको भन्दा पनि बढी आम्दानी गर्न थालेका छन् । च्याउ खेतीबाट राम्रो आम्दानी हुन थालेपछि च्याउ खेतीको विस्तार गर्ने योजनामा रहेको उनीहरु बताउँछन् ।

मेहनत गरिसकेपछि राम्रै आम्दानी भइरहेको बताउँदै अझै च्याउलाई विस्तार गरी अन्य परिकार निर्माण गर्नाका साथै अन्य जिल्लामा समेत पठाउने योजना बनाइरहेको भात्काडाका च्याउ उद्यमी जोशीले जानकारी दिनुभयो ।

दुवै स्थानगरी चार टनेलमा एक हजार ६०० बलमा लगाइएको च्याउबाट दैनिक एक क्विन्टिल ५० किलोभन्दा बढी च्याउ बिक्री गर्ने गरेका छन् । अहिले कन्ने च्याउको उत्पादन गरिरहेको र विस्तारै गोब्रो च्याउको पनि उत्पादन गर्ने योजना रहेको उनीहरु बताउँछन् ।

यहाँ उत्पादन हुने सम्पूर्ण च्याउ डडेल्धुरा सदरमुकामसहित अन्य बजारमा सहजै बिक्री भइरहेकाले बजारको पनि समस्या नभएको उनीहरुको भनाइ छ ।

यी युवाको मेहनत देखेर आर्थिक तथा प्राविधिक सहयोग गर्ने गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताउनुभयो । यी युवाजस्तै अन्य नेपाली युवाले कृषि पेशालाई अङ्गाल्ने हो भने वैदेशिक रोजगारीका लागि भौँतारिनु नपर्ने अध्यक्ष मल्लको भनाइ छ ।धनबहादुर भण्डारी/रासस

सम्बन्धित समाचार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

३६ अंकले घट्यो नेप्से, कारोबार ५ अर्ब माथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result