Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्लेट खानी सञ्चालनमा नआउँदा करोडौँको नोक्सानी

बैशाख ३१, २०७५ ९:०२ मा प्रकाशित
Share on FacebookShare on Twitter

बेनी, म्याग्दी, ३१ वैशाख / पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको नर्जा र सागबारीमा रहेको स्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौँको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसरसमेत गुमेको छ ।

भौगोलिक विकटताका कारण खानीबाट निकालिएको स्लेटलाई बजारसम्म पु¥याउँन समस्या, उचित मूल्य नपाउने, स्थानीयको बेवास्ता र प्रविधिको अभावमा स्थानीय तह र समुदायका लागि गतिलो आम्दानीको स्रोत बन्न सक्ने सम्भावना रहेको स्लेटखानी वर्षौंदेखि बन्द अवस्थामा छ ।

लुलाङ गाउँदेखि गुर्जा जाने बाटो र नर्जा खोलाको मुहान क्षेत्रमा दुई वटा स्लेट खानी रहेका छन् । लुलाङ र आसपासका गाउँमा घर छाउनका लागि स्लेट आवश्यकता परेको बेलामा मात्र खानी सञ्चालन हुने गरेको छ । व्यवस्थित नगरिँदा खानीबाट समुदाय र स्थानीय तहले अहिलेसम्म आम्दानी लिन सकेका छैनन् ।

स्लेट उत्खनन गर्ने प्रविधिको अभाव र उत्खनन गरिएको स्लेट बजार पु¥याउन ढुवानी समस्या भएकाले खानी बन्द भएको वडाध्यक्ष गमबहादुर विकले बताउनुभयो । स्लेट घर छाउन, भुइँमा बिच्छ्याउन प्रयोग हुन्छ । ग्रामीण क्षेत्रका परम्परागत ढुंगेघरमा छाउन प्रयोग हुँदै आएको स्लेट पछिल्लो समय बजारका घर निर्माणमा समेत प्रयोग हुने गरेको छ ।

स्लेट सस्तो, टिकाउ र वातावरणमैत्री मानिन्छ । लुलाङ, मुदी, मुना, दर, खोरिया, लम्सुङ, ताकम, धारापानीमा घर निर्माणका लागि नर्जा र सागबारीको स्लेट प्रयोग भए पनि ढुवानीको समस्याले बजार क्षेत्रमा पठाउन नसकिएको स्थानीयवासीले बताएका छन् ।

व्यवस्थित र व्यावसायिक हिसाबले स्लेट खानी सञ्चालन गर्नसकेमा गाउँपालिका, वडाका लागि आम्दानीको स्रोतका साथै स्थानीयवासीलाई रोजगारीको अवसर सिर्जना हुने वडाध्यक्ष विकले बताउनुभयो ।

स्थानीयवासी लिलाराम विश्वकर्माले स्लेट खानी सञ्चालन गरेर त्यसबाट भएको आम्दानीले सामुदायिक विद्यालय सञ्चालन गर्न सकिने जानकारी दिनुभयो । स्लेट खानी सञ्चालनमा आउने हो भने वार्षिक करोडौँ मूल्य पर्ने स्लेट निकासी गर्न सकिने र सयौँले रोजगारी पाउने उहाँको भनाइ छ । यातायात र विद्युत्को सुविधा भएमा आधुनिक उपकरणको प्रयोग गरेर स्लेट खानी सञ्चालन गर्न सकिने धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result