Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विश्व अर्थतन्त्र सुधारको समय

जेष्ठ २, २०७५ ११:०१ मा प्रकाशित
Share on FacebookShare on Twitter

न्युयोर्क, २ जेठ /  सन् २०१५ मा संयूक्त राष्ट्रसंघका सदस्य राष्ट्रको एक भेलाले आर्थिक तथा सामाजिक विकासका लागि दीगो विकास लक्ष्यका लागि विभिन्न १७ आधार स्थापना गर्ने प्रतिवद्धता जनाए ।

गरीबी निवारण, भोकमरीको अन्त्य, जलवायु परिवर्तनसम्बन्धि समस्याको सामना, मजबुत संरचनाको निर्माण र समावेशी तथा दीगोे आर्थिक विकासका कार्यक्रमलाई प्रोत्साहन गर्नेलगायतका उद्देश्य प्राप्त गर्न दीगोे विकासका लागि लगानी अपरिहार्य शर्त हो । प्रतिवद्धता भएको तीनवर्ष भइसक्दा पनि दीगोे विकासका लागि हाम्रो वित्तीय प्रणालीलाई लाभ हुने प्रशस्त आधार तय हुनसकेका छैनन् ।

झण्डै ६० अन्तरराष्ट्रिय निकाय र संघसंस्थाको समन्वयमा राष्ट्रसंघले हालै लगानी, नीति र दीगोे विकास लक्ष्यका लागि कार्ययोजना सार्वजनिक गरेको छ । यसले दीगोे लगानीका लागि सकारात्मक गति त सिर्जना गरेको छ, तर जतिवेलासम्म समग्र वित्तीय प्रणालीलाई दीर्घकालीन लगानीको क्षितिजसम्म पु-याउन सकिदैन वा दीगोे विकासलाई सबैको चासोको विषय बनाउन सकिदैन लक्ष्य प्राप्त त्यतिवेलासम्म सम्भव हुँदैन ।

दीर्घकालीन अवधारणाविना खासगरी जलवायु परिवर्तनसँग जोडिएका निश्चित जोखिममा निजी लगानीका निर्णयले आकर्षण पाउन सक्दैनन् ।

विश्वव्यापी वित्तीय प्रवाह व्यापक छन् तरपनि लगानीको स्तरले महत्व राख्छ । आजभोलि अल्पकालीन लगानीको ढाँचाले पूँजी बजारलाई डो¥याएको छ र विनिमय दर अस्थिर छ । यसले खासगरी विकासशील राष्ट्रका लागि स्वभाविकरूपमा दीर्घ लगानीको मूल्यलाई बढाइदिएको छ र जोखिममा पारेको छ ।

यदि हामीले विकासका दीर्घकालीन योजना पुलपुलेसा, सडक, खानेपानी तथा ढल निकास व्यवस्थामा लगानीलाई आकर्षित ग-यौँ भने यसबाट विकास र स्थायित्वका लागि महत्वपूर्ण योगदान पु¥याउने छौँ । यी लगानी योजना बढीभन्दा बढी वातावरणीय तथा सामाजिकरूपमा दीगो हुनुपर्छ । खासगरी उर्जा प्रणालीमा भएको आजको लगानीले विकासको लक्ष्यलाई आगामी केही दशकसम्म अवरुद्ध पार्नेछ । लगानीलाई आकर्षण गर्नका लागि अहिले वा भविष्यमा पनि धेरै काम गर्नुपर्ने हुन्छ । हामीले जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्ने हाम्रो प्रयासमा वेवास्ता गर्नहुँदैन । यसबाहेक सबै आर्थिक नीतिका साथमा लैङ्गिक समानताका मुद्दा पनि विशेष चासोको विषय बन्नु आवश्यक छ ।

आर्थिक रूपान्तरण सहज हुने छैन । आजको पूँजीबजार व्यापकरूपमा अल्पकालीन देखिएका छन् । पूँजी प्रवाहमा देखिएको अस्थिरता र केही विकसित मुलुकका बजारको भण्डारण क्षमता सन् १९६० को दशकमा औसत आठ वर्षका लागि हुने गरेकोमा हाल आठ महिनामा झर्नु पक्कै पनि राम्रो सङ्केत होइन । तर दीर्घकालीन संस्थागत लगानीकर्ताले झण्डै ८० खर्ब अमेरिकी डलर बराबरका सम्पत्ती आफ्नो नियन्त्रणमा राख्दा यसको झण्डै आधा भाग दीर्घकालीन उत्तरदायित्वका रूपमा रहन्छ, ७५ प्रतिशत तरलतामा रहन्छ भने मात्रै तीन प्रतिशत आधारभूत संरचनामा खर्चिन्छ ।

यो प्रवृत्ति वास्तविक अर्थतन्त्रमा समेत व्याप्त रहेको छ । सन् २०१६ मा ‘एसएण्डपी ५००’ कम्पनीले आफ्नो आम्दानीको सतप्रतिशत लाभांश र सेयर किन्नमा प्रयोग गरे । यसले शेयर बजारको मूल्यलाई छोटो समयका लागि उकास्यो तर यो लगानीमार्फत लामो समयका लागि भएको सुधार थिएन ।

सन् २०१७ को फेब्रुवरीमा म्याककिन्सी ग्लोबल इन्स्टिच्युटको सर्वेक्षणले ८७ प्रतिशत कम्पनीका कार्यकारी प्रबन्धक तथा निर्देशकले दुई वर्ष वा सोभन्दा कम समयसम्ममा मजबुत वित्तीय कार्यसम्पादन भएको देखाउन दवावको महसुस गरेको देखाएको थियो । जबकि ६५ प्रतिशतले पाँच वर्षमा अल्पकालीन दवाव बढेको महसुस गरे भने ५५ प्रतिशतले योजनाको लगानीमा ढिलाई गर्ने र त्रैमासिक सन्तुलन परीक्षणको लक्ष्यलाई सकारात्मक देखाउने बताएका थिए ।

लगानी कर्तालाई अल्पकालीनबाट दीर्घकालीन सोचमा लानु आर्थिक, सामाजिक तथा वातावरणीय लक्ष्य प्राप्तिका लागि पूर्वशर्र्त हो । तर निजी क्षेत्रले यो सङ्क्रमणको जोखिम आफैँले लिदैन । नीतिनिर्माताले यसको अगुवाई गरिदिनुपर्छ । सरकारले दवावमुलक नियमलाई कार्यान्वयन नगरेसम्म बजारले स्वतस्फुर्तरूपमा निष्पक्ष तथा सार्वजनिक हितमा काम गर्दैन । सार्वजनिक लगानीसँगसँगै यो राज्यको एउटा महत्वपूर्ण एवम् जिम्मेवार काम हो ।

विशेषगरी विश्व अर्थतन्त्रलाई रूपान्तरण गर्न विवेकी नियमकानून, पूँजीको आवश्यकता, कम्पनी वा फर्मको लगानीमैत्री संस्कृति र प्रबन्धगत मुआब्जाका लागि नयाँ, सही तथा दीर्घकालीन मापदण्डको आवश्यकता रहनेछ ।

तरलतारहित लगानीका लागि लेखा प्रणालीको अभ्यासमा सुधार हुनु पनि आवश्यक छ । उदाहरणका लागि अल्पकालीन पूर्वाग्रहपूर्ण लेखा प्रणालीले प्रवेश गराएको अवास्तविक (कपटपूर्ण) सम्पत्तीको मूल्यमा कटौति गर्न जरूरी छ । संस्थागत लगानीकर्ताले विश्वसनीयता सम्बन्धि प्रष्ट व्याख्याको अवलम्बन गर्नुपर्छ जसले दीर्घकालीन र सामुहिक लगानीको माध्यमबाट अर्थतन्त्र, वातावरण, सामाजिक र शासन विधि सम्बन्धि बस्तुगत प्रभावमा फाइदा गर्नेछ ।

दीगो विकास लक्ष्य प्राप्तगर्न निर्धारित बाँकी १२ वर्ष विश्वका लागि प्रशस्त समय हो । तर संयुक्त राष्ट्रसंघको विगतका अनुभव हेर्दा निर्णायक कार्यका लागि लक्ष्यउन्मुख पहल थाल्न अब ढिलो गर्नुहुन्न ।

विश्वमा अहिले देखिएको भूराजनीतिक तथा व्यापारसम्बन्धि तनावको स्थितिले हामीलाई प्रगतितर्फ अघि बढाउनुको सट्टा अझ नराम्रो अवस्थातिर धकेलिरहेको छ । दीगो विकाश लक्ष्य प्राप्त गर्न र विश्वको सुन्दर भविष्यका लागि यस किसिमका असहमति हुनुहुँदैन ।

समग्रमा भविष्य लगानीको खोजी गर्दै अघि बढ्नुपर्छ । विभिन्न वित्तीय अवस्थामा रहेका कैयौँ सार्वजनिक र निजी संस्थाले आफूलाई रूपान्तरण गरिरहेका भएपनि समग्र वित्त प्रणालीले अझै दीगो विकासको लक्ष्य प्राप्त गर्न थप परिवर्तितरूपमा आउनु जरूरी छ । हामीले के गर्नुपर्छ भन्नेमा सबै सहमत छौँ । अब हामी लक्ष्यअनुसार अघि बढ्नुपर्छ । (लिउ चेनमिन संयुक्त राष्ट्रसंघका लागि उपमहासचिव तथा अर्थशास्त्र र सामाजिक मामिला विज्ञ हुनुहुन्छ ।(रासस÷प्रोजेक्ट सिन्डिकेट)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

मंगलबार ३६.८६ अंकले बढ्यो नेप्से,कारोबार रकम कति ?
Breaking News

उच्च अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

ह्वात्तै घट्यो शेयर, कारोबार रकम कति ?

नेप्सेमा दोहोरो अंकले बृद्धि
Breaking News

मंगलबार ४६ अंकले बढ्यो नेप्से, ६ अर्बमाथि कारोबार

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result