Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सर्वोच्चद्वारा एमडी, एमएस र एमडिएसमा २२ लाख शुल्क कायम

जेष्ठ १४, २०७५ १०:५५ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडाँै, १४ जेठ / त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले चिकित्सा शिक्षामा एमडी, एमएस र एमडिएस अध्ययन हुने सम्बन्धन प्राप्त मेडिकल कलेजको लागि तोकेको रु २२ लाख शुल्क सर्वोच्च अदालतले कायम गरिदिएको छ ।

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले गत चैत २३ गते रु २२ लाख शुल्क तोक्नेसम्बन्धी गरेको निर्णयविरुद्ध युनिभर्सल इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड रिसर्च प्रालि र मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सर्वोच्च अदालतमा दायर छुट्टाछुट्टै रिट निवेदनउपर गत वैशाख २० र ३१ गते अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो । दुवै पक्षको बीचमा यही जेठ ८ गते छलफल भई कलेजको मागअनुसार अन्तरिम आदेश जारी नभई मेडिकल शिक्षामा शुल्क निर्धारण गर्ने अधिकार प्राप्त निकाय त्रिविको कार्यकारी परिषद् नै रहेको नजिरसमेत स्थापित भएको छ ।

तत्काल अन्तरिम आदेश जारी नहुँदैमा निवेदकलाई अपुरणीय क्षति पुग्न जाने नदेखिई अन्तरिम आदेश जारी गर्नु मनासिव नदिएकाले सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम यस अदालतबाट गत वैशाख २० गते जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिरहनु नपर्ने आदेशमा उल्लेख छ ।

रिट निवेदनमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत त्रिविसमेतलाई विपक्षी बनाई रु २२ लाख शुल्क निर्धारण गर्ने त्रिवि कार्यकारी परिषद्को गत चैत २३ गतेको निर्णयको आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा नियन्त्रण महाशाखाबाट गत वैशाख ३ गते प्रकाशित सूचनाको क्रसं १ उत्प्रेषणको आदेशबाट बदर माग दाबी गरिएको थियो ।

साथै त्रिवि कार्यकारी परिषद्को गत वर्ष असार ६ गतेको निर्णय नं १२९६ द्वारा निर्धारित शुल्क लिई विद्यार्थी भर्ना गराई अध्ययन गराउनु भनी अन्तरिम आदेश जारी गरी पाउँ भनी माग दाबी गरिएको थियो ।

यसैगरी विपक्षीले तोकेको शुल्कको आधारमा स्नातकोत्तर तहको अध्ययन गराउन सम्भव नहुने, प्रकाशित सूचनाबमोजिम विद्यार्थी भर्ना नलिएको अवस्थामा यो शैक्षिक सत्रको कार्यक्रम नै बन्द हुने र संविधान प्रदत्त मौलिक हक तथा स्वतन्त्रताको उपभोगबाट वञ्चित हुने उल्लेख गरिएको छ । निवेदकलाई अपुरणीय क्षति हुने भएकाले कार्यकारी परिषद्को चैत २३ गतेको निर्णय कार्यान्वयन नगर्न नगराउन र गत वर्ष २०७४ असार ६ गतेको निर्णयबमोजिम निर्धारित शुल्क लिई विद्यार्थी भर्ना गर्न नरोक्नु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरी पाउँ भन्ने माग दाबीसमेत सो रिटमा गरिएको थियो ।

गत वर्ष असार ६ गते गरेको निर्णयमा भने सो शुल्क रु ३० लाख ९९ हजार ३९६ निर्धारण भएकामा सरकारले २०७४ कात्तिक ६ गते रु २३ लाख शुल्क तोक्ने निर्णय लिएको थियो ।

थेसिस(शोधपत्र) अनियमितताको छानबिन प्रतिवेदन पेश

त्रिभुवन विश्वविद्यालयअन्तर्गत थेसिससम्बन्धी अनियमितताको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तथा थेसिस सम्बन्धमा गर्नुपर्ने उपयुक्त व्यवस्थाको रायसहित प्रतिवेदन पेश गर्न गठित छानबिन समितिले आज त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियालाई प्रतिवेदन पेश गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को २०७३ भदौ ३० गतेको बैठकबाट भूगोल केन्द्रीय विभागका प्राध्यापक भीम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले सम्बन्धित सरोकारवालासँग औपचारिक÷अनौपचारिक छलफल, अन्तक्र्रिया तथा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको जनाएको छ ।

समितिको सदस्यमा निवृत्त प्राध्यापकद्वय प्रा डा लोकनारायण झा र प्रा डा रामबहादुर क्षेत्री, रत्नराज्य क्याम्पसका प्रा डा आनन्द शर्मा र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सह–प्रा डा गिरीराज त्रिपाठी रहनुभएको थियो ।

प्रतिवेदन हस्तान्तरण गर्दै संयोजक प्रा डा सुवेदीले विश्वकै ठूलो र देशकै जेठो विश्वविद्यालयमा हुने अनुसन्धान कार्य र शोधकार्य गुणस्तरीय हुनुपर्ने र यसमा देखिएका विकृति विसंगति अन्त्य गर्न प्रतिवेदनमा सुझाव दिइएको बताउनुभयो ।

प्रतिवेदन ग्रहण गर्दै उपकुलपति खनियाँले प्रतिवेदन अध्ययनपश्चात् कार्यकारी परिषद्को बैठकबाट प्रतिवेदनमा दिइएका सुझावलाई समेटेर उपयुक्त नीतिगत निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तत्कालीन समयमा विभिन्न सञ्चारमाध्यममा थेसिससम्बन्धी अनियमितताका खबर आएपछि त्रिविले छानबिन समिति गठन गरेको थियो । रासस

सम्बन्धित समाचार

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना
Breaking News

जय नेपाल फाउण्डेशन नर्दन क्यालिफोर्नियाद्वारा हाजिरी जवाफ प्रतियोगिताको आयोजना

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने
अमेरिका समाचार

चन्द्रसूर्य फाउण्डेशनले विद्यार्थी र सिनियरहरुको निशुल्क ट्याक्स भरिदिने

चर्चित गायक ‘सज्जनराज बैद्य’को सांगीतिक कार्यक्रम स्यानफ्रान्सिस्कोको ‘रिगेन्सी बल रुम’मा हुने
आजको छापाबाट

चर्चित गायक ‘सज्जनराज बैद्य’को सांगीतिक कार्यक्रम स्यानफ्रान्सिस्कोको ‘रिगेन्सी बल रुम’मा हुने

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने
कला/मनोरन्जन

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’
प्रवास

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result