काठमाडौँ, २१ जेठ / प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित ग-यो ।
बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव राख्नुभएको थियो ।
बैठकमा प्रतिनिधिसभा नियमावली, २०७५ को प्रस्ताव भने प्रस्तुत हुन सकेन । प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २५ गते अपराह्न १ बजे बस्नेछ । रासस




प्रतिक्रिया लेख्नुहोस्:-