काठमाडौं । मंगलबार सेयर बजारमा झिनो सुधार आएको छ । आज नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा अडिएको छ।
आज ३१५ स्क्रिप्सको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम सोमबारको तुलनामा सामान्य बढी हो।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा सीएचडीएच हाइड्रोपावर डेभलपमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० अर्ब रुपैयाँ बराबरको कारोबार भयो।
प्रतिक्रिया लेख्नुहोस्:-