काठमाडौं । आइतबार नेप्सेमा झिनो गिरावट आएको छ । नेप्से परिसूचक ४.५९ अंकले घटेर २०७३.१९ विन्दुमा पुगेको हो।
आज ३१३ स्क्रिप्सको १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर ५ अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले गिरावट आएको सेयर बजारमा ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
इस्टर्न हाइड्रोपावर,शुभम् पावर,सिटी होटल र कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो। भगवती हाइड्रोपावर डेभलपमेन्टको सेयर ९।९९ प्रतिशतले बढ्यो। यसदिन बुद्ध भूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्षस्थानमा रह्यो।
प्रतिक्रिया लेख्नुहोस्:-