काठमाडौं । मंगलबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा पुगेको छ।
आज ३११ स्क्रिप्सको १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँमा खरिदबिक्री भए।
कारोबार रकम सोमबारको तुलनामा बढेको हो। सोमबार ५ अर्ब ४९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। दोहोरो अंकले बढेको सेयर बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावर,ग्रिन भेन्चर,कुथेली बुखारी र भगवती हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।
प्रतिक्रिया लेख्नुहोस्:-