काठमाडौं । बुधबार पनि नेप्सेमा झिनो सुधार आएको छ । आज नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेर २ हजार १२१ दशमलव ६२ को विन्दुमा कायम भएको छ।
आज ३१२ कम्पनीको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ८५८ पटक खरिदबिक्री हुँदा ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव १८, जलविद्युत् समूह शून्य दशमलव ६१, निर्जीवन बीमा शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै वित्त समूह १ दशमलव ०७ प्रतिशतले बढेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-